बिशेष अनलाइन । प्रदेश १ मा रहेर नेपाली चलचित्र क्षेत्रमा कार्यगरिरहेका दुई सकृय चलचित्रकर्मी कार्वाहीमा परेका छन् । कार्वाहीमा पर्नेहरुमा निर्देशक तथा निर्माता भिम लामा , कलाकार तथा निर्माता बोधराज पुरुष रहेका छन् ।
उनिहरुको टिमले निर्माण गरेको वेव सिरिज ‘कहानी हो यो प्रेम को ‘ का निर्माण टिमका निर्माता र निर्देशकबाट कलाकार माथि दुर्व्यबहार भएको पीडित कलाकारको तर्फबाट निवेदन परेपछी घटनाबारे छानविन गर्दा लामा र पुरुष दोसी देखिएपछी कार्वाही गरिएको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
महासंघ को केन्द्रिय कार्यालय इटहरीमा कार्यसमितीको बैठकले सजाय स्वरुप पुरुषलाई एक बर्ष र लामालाई ६ महिनाको लागि सम्पूर्ण चलचित्र गतिविधी गर्नमा रोक लगाएको महासंघका महासचिव दिनेश कोइरालाले जानकारी दिए । लामाको लेखन र निर्देशनमा बन्दै गरेको वेव सिरिज ‘कहानी हो यो प्रेम को ‘ दुई एपिसोड प्रशारण् भएर केही समयको लागि निर्माण तथा प्रशारण स्थगित भएको छ ।
Discussion about this post