विशेष अनलाइन । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएका आयुष सिंह ठकुरी अब फिल्म अभिनयमा डेब्यु गर्दैछन्। निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने नयाँ फिल्म ‘राम नाम सत्य’ बाट ठकुरीको अभिनय यात्रा सुरु हुन लागेको हो।
फिल्म निर्माता उपेन्द्र शाही र निर्देशक चन्दले हालै ठकुरीसँग औपचारिक रुपमा सम्झौता गरेका छन्। फिल्ममा हस्ताक्षर गरेपछि आयुषले आफ्ना अनुभव साझा गर्दै भने, “धेरै फिल्मको प्रस्ताव आए पनि ‘राम नाम सत्य’को कथा र भूमिकाले मन छुयो, त्यसैले यही फिल्मबाट आफ्नो डेब्यु गर्ने निर्णयमा पुगेको हुँ।”
आयुषले केही महिनादेखि फिल्मको तयारीस्वरूप एक्सन ट्रेनिङ लिँदै आएका छन् भने अभिनय कोर्स पनि सुरु गर्न लागेका छन्। निर्देशक चन्दका अनुसार, “आयुषले हाम्रो सहमतिपछि निरन्तर मिहिनेत गरिरहेका छन्। हामीले उनलाई एक्सन तालिम दिनुका साथै, अभिनयमा निखार ल्याउने उद्देश्यले थप तयारी गराइरहेका छौं।”
फिल्म ‘राम नाम सत्य’ आगामी साउन २९ गतेबाट छायांकनमा जाने तयारीमा रहेको छ। एक्सन, सस्पेन्स र प्रेमको त्रिकोणात्मक कथामा आधारित यस फिल्ममार्फत निर्माण पक्षले नयाँ स्वाद दिने लक्ष्य राखेको छ।









Discussion about this post