विशेष अनलाइन । भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘सिरी सिरी हावा’ बोलको गित युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
नरेश भट्टराईको शब्द तथा रचना रहेको गितमा सुगम पोखरेल र नेहा करोदेले स्वर दिएका छन् । चलचित्रको यो गीतमा युग भुसालले संगीत भरेका छ्न् । यो गीतको छयाङ्कन रोमानियामा भएको हो । चलचित्रको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य देखिएका छन् ।नेपाल र रोमानियाका सुन्दर लोकेसनमा छायांकन गरिएको यो गीतलाई भव्य क्यानभासमा प्रस्तुत गरिएको छ ।
मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रमा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।
एलआरके प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रलाइ सुदिप बरालले छायांकन गरेका छन् ।प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा निर्माता जानुका थापा र कार्यकारी निर्माता डा . अमित रिजाल रहेका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बिहीबारबाट मोफसल केन्द्रित प्रचार सुरु गरेको छ ।
Discussion about this post