बिशेष अनलाइन । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा अवतार’मा नीति शाह अनुबन्धित हुने भएकी छिन् । माहानायक राजेश हमालको अपोजिटमा नीति शाह अनुबन्धित भएकी हुन् । निर्देशक भट्टराईले अभिनेत्री शाहलाई लिड फिमेल भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए ।
नीतिले बिशेष अनलाइनलाई यो चलचित्र आफू अनुबन्धित भएको जानकारी दिइन् । केही महिनाअघि नीतिलाई साइन गराइए पनि मेकरले यो खबरलाई गोप्य राखेका थिए । नीतिको कास्टिङबारे औपचारिक जानकारी दिने तयारी रहेको छ ।
निर्देशक भट्टराईले भन्छन्, ‘इमोसन र ब्युटीको हिसाबले उहाँ यसमा पर्फेक्टरुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । दर्शकसँग कनेक्ट गर्ने भूमिकामा उहाँ देखिनुहुनेछ ।’ केही दिनमा राजेश र नीति दुवैले चलचित्रको वर्कसप गर्ने जनाइएको छ । यो एक्सन तथा सोसल ड्रामा चलचित्रको छायांकन भदौ अन्त्यदेखि सुरु गर्ने तयारी रहेको छ ।
Discussion about this post