बिशेष अनलाइन । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले पछिल्लो समयकी व्यस्त गायिका रचना रिमाललाई वान साइड लभ गर्ने गरेको बताएका छन् । गायिका रिमालको स्वरको तारिफ गर्दै मुख्य मन्त्री राइले ठट्टेउली पारामा गायिका रिमालसँग वान साइड लभ रहेको उल्लेख गरेका हुन् ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री राइले आफु नेपाली गीतसंगीतको प्रसंसक भएको र नेपाली गीत संगीतलाई साधै माया गर्ने व्यउल्लेख गरेका थिए ।
मुख्य मन्त्री राइले गायिका रिमालको मुक्तकंठले प्रसंसा गरेका थिए । उनले रचनाको अन्तरवार्ता हर्ने गरेको उल्लेख गर्दै उनको उत्तर दिने शैली अत्यन्तै मन पर्ने बताएका थिए । मुख्यमन्त्री राइले भने, “म रचनाको गायिकी क्षमताको प्रेममा परेको छु। अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् । सोही कुरा मलाइ मन पर्छ” उनको ठट्टेउली शैलीमा आफु मोहित हुने गरेको मुख्यमन्त्री राइको भनाइ थियो ।
नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारको क्षमताको समेत प्रसंसा गरेका थिए। गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।
कार्यक्रममा अभिनेता दिलिप रायमाझी,रमित ढुंगाना,हास्य कलाकार सन्दिप क्षेत्री, गायिका अस्मिता अधिकारी,सन्जु मोक्तान,गायक सिडी बिजय अधिकारी,निशान भट्टराई,करनराज कार्की,सनिश श्रेष्ठ,रवि गहतराज,प्रवीण भेडवाल,अरिफ रौफ मोडल शंकर बिसी,करिष्मा ढकाल,निक्स शर्माल,गरिमा शर्मा श्रृचा थापा संगै इन्द्रिणी टिमको प्रस्तुतिले माहोल तताएको थियो ।
Discussion about this post