इटहरी / कोरोना भाइरसले चलचित्र नगरीलाई तहसनहस भनाएको छ । पछिल्लो समय नियमित काम गुमाएका चलचित्रकर्मी गाउँघरमा रहेर आफ्नो समय व्यतीत गरिरहेका छन् ।
उनीहरुले आफुले समय व्यतीत गरेका तस्वीरहरु सामाजिक सञ्जालमामार्फत सार्वजनिक गरिरहेका छन् । यसैबीच अभिनेता पुष्प खड्का पनि यतिबेला गाउँमा छन् । उनी शहरी जिवनबाट टाढा हुँदै गाउँले जिवनमा रमाइरहेका छन् ।
उनले सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर पोष्ट गरेका छन् । उनले गाउँमा कृषि कर्ममा रमाएका तस्बिरहरु सार्वजनिक गरेका हुन् । अभिनेता खड्काले कोरोनाबाट सकारात्मक पाठ सिकेको बताएका छन् । वृक्षरोपण गर्दै गरेको तस्बिर पोष्ट गरेर उनले भनेका छन् “केही लिनलाई केही दिन पनि जान्नु पर्छ। हामी यसलाई माटो र पानी दिउँ यसले हामीलाई जीवन दिनेछ ।”
अभिनेता खड्काले नेपाल कृषिप्रधान देश भएकाले किसान हुनुमा आफुलाई गर्व महशुस हुने बताएका छन् । उनले भनेका छन् , “नेपाल कृषिप्रधान देश हो म आफू किसान हूनूमा गर्व लाग्छ ।”
Discussion about this post