इटहरी / हास्य कलाकार महादेव त्रिपाठी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिपाठी मोबाइलको पावर बैंक पड्किएर घाईते भएपछि अस्पताल भर्ना भएका थिए । उनलाई उपचारका लागि स्टार अस्पताल भर्ना गरिएको थियो ।
चार्ज गरिरहेको मोबाईलको पावर बैंक पड्किएर उनी घाइते हुन पुगेका थिए । ‘दुई दिनको अस्पताल बसाईपछि आज उनी डिस्चार्ज भएर घर फर्किएका हुन् ।
डाक्टरले केही दिन आराम गर्नु भनेकाले डाक्टरको सल्लाहअनुसार घरमै आराम गरिरहेको उनले बताएका छन् । ।’ साथै उनले ल्यापटप, मोबाइल, पावर बैंक लगायतका सामाग्री चार्जमा राखेर धेरै समय नछोड्न तथा चार्जमा राखेर नचलाउन सुझाव समेत दिएका छन् ।
पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा अभिनयरत त्रिपाठी नेपाली जादुगरको रुपमा समेत चर्चित रहेका छन् । उनले केही चलचित्रहरु समेत निर्माण गरिसकेका छन् ।
Discussion about this post