BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १८, २०७८, ४:५५ मध्यान्ह
in FEATURE, राेचक घाेचक
कोरोना मुक्त भए मदनकृष्ण श्रेष्ठ, सबैलाई सतर्क रहन आग्रह
191
SHARES
Share on FacebookShare on Twitter

इटहरी / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जित्न सफल भएका छन् । दोस्रो पटक १४ दिन लामो अस्पतालमा उपचारपछि एक हप्ता अगाडि घर फर्किएका उनले सोमवार पीसिआर परीक्षण गराएका थिए । पछिल्लो पटक पिसिआर रिपोर्ट नेगेटिभ आएको उनका छोरा कलाकार यमन श्रेष्ठले जानकारी दिएका छन् भने हास्ष् कलाकार श्रेष्ठले पनि फेसबुकमार्फत् जानकारी उक्त कुराको पुष्टि गरेका छन् । सबैको आर्शिवाद र मायाको बलले आफूले कोरोना जित्न सफल भएको उनले बताएका छन् ।

श्रेष्ठले हास्य शैलीमा आफुलाई कोरोनाले निकै गाह्रो बनाएको बताएका छन् । , ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्‍यो । पछार्‍यो मात्र हैन अझ लछार्‍यो र हस्पिटलमा लगेर बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि । बलियो रहेछ बजिया । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आर्शिवादले गर्दा मलाई त्यसले जित्न भने सकेन । शरीरमा अलिअलि शिथिलता भने बाँकी नै रहेको छ ’ उनले भनेका छन् ।

पहिलो पटक ८ दिन अस्पतालमा उपचारपछि घर फर्किएका उनी त्यसको केही दिनमै अक्सिजनको लेभल कम भएपछि पुनः ललित्पुरको मेडिसिटी हस्पिटलमा भर्ना भएका थिए । चिकित्सकले अब आफ्नो शरीर एन्टिबडी बनिसकेको र कसैको शरीरमा पनि कोरोना नसर्ने बताएको उनले उल्लेख गरेका छन् ।

उनले ठट्यौली शैलीमा अगाडि लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद । यहाँहरु जस्तो मलाई औधी माया गर्नुहुने लाखौँ लाख शुभेक्षकहरु मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।’ अहिले देशको सबैभन्दा ठूलो समस्या कोरोना भएको र नेपाल सरकारले पहिलो प्राथमिकमा कोरोना भाइरस बिरुद्धको खोप लगाएर जनताको ज्यान बचाउनु अपरिहार्य रहेको उनले बताएका छन् ।

उनका छोरा र बुहारीलाई भने यस अघि नै कोरोना नेगेटिभ आइसकेको छ ।

Tags: Newsमदनकृष्ण श्रेष्ठ
Previous Post

बजेट वक्तव्य प्रति कलाकारको मिश्रित प्रतिकृया, कसले के भने ?

Next Post

‘हिरोसँग रात बिताए मात्र, फिल्म खेल्न पाउने सर्त’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
Kishwer Merchant

‘हिरोसँग रात बिताए मात्र, फिल्म खेल्न पाउने सर्त’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।