विशेष अनलाइन । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। । शुक्रबार बिहान काठमाडौँको गुहेश्वरी मन्दिरमा चलचित्रको पटकथा (स्क्रिप्ट) पूजा गर्दै निर्माण टोलीले कार्यको औपचारिक सुरुवात गरेको हो।
चलचित्रको मुहूर्त समारोहमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुशील र न्यान्सीको मुहूर्त सट लिइएको थियो । मधुसुदन भट्टराईले निर्देशन गरेको उक्त सटमा लव प्याकुरेलले क्ल्याप बजाएका थिए भने शंकर महर्जनले ‘रोल’ भनेसँगै दिनेश महराले क्यामेराको ‘स्वीच अन’ गरेका थिए । दीपक दंगालले भने नरिवल फुटाउँदै फिल्मको शुभारम्भ गरे ।
चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारी र बालकालकारका रूपमा रोनक खड्का , प्रीसा ढुंगानाको अभिनय रहनेछ
क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रमा सुरेन्द्र रानाका गीतहरू रहनेछन् भने कर्णराज गिरीले संगीत भर्नेछन्। त्यस्तै, नृत्य निर्देशन रामजी लामिछाने र द्वन्द्व निर्देशन शङ्कर महर्जनले सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
सुरज थापाकाजी कार्यकारी निर्माता रहेको यस चलचित्रका निर्माताहरू उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस चलचित्रको वितरणको जिम्मेवारी नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले लिएका छन्।










Discussion about this post