BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

यौनकर्मीको व्यथा बोल्ने चलचित्र ‘लालिमा’ को ट्रेलर चर्चामा, फागुन २९ मा प्रदर्शन हुने

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन १८, २०८२, ९:३४ मध्यान्ह
in FEATURE, चलचित्र
यौनकर्मीको व्यथा बोल्ने चलचित्र ‘लालिमा’ को ट्रेलर चर्चामा, फागुन २९ मा प्रदर्शन हुने
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । निर्वाचनको चहलपहलले गर्दा धेरैजसो चलचित्रको काम सुस्ताएको भए पनि ‘लालिमा’ ले भने आफ्नो प्रचारप्रसारलाई निकै तीव्रता दिएको छ। निर्वाचन लगत्तै प्रदर्शन हुने भएकाले निर्माण टोली अहिले पत्रकार सम्मेलन गर्ने र ट्रेलर सार्वजनिक गर्ने काममा व्यस्त छ। अन्य चलचित्रको गतिविधि खासै नदेखिएका बेला ‘लालिमा’ ले भने बजारमा आफ्नो छुट्टै प्रभाव जमाउन सफल भएको छ।

यसैबीच, निर्माण टोलीले सार्वजनिक गरेको चलचित्रको ट्रेलरले २४ घण्टा पनि नबित्दै युट्युबको ट्रेन्डिङमा स्थान बनाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यसमा यौनकर्मीहरूको वास्तविक जीवन र उनीहरूले भोग्नुपर्ने यथार्थलाई देखाइएको छ। अहिलेसम्म पर्दामा नआएको नयाँ र फरक कथावस्तु यस चलचित्रमा समेटिएको निर्देशकको दाबी छ।

यस चलचित्रको मुख्य भूमिकामा अभिनेत्री रोश्नी कार्की छिन्, जसले एक यौनकर्मीको पात्र निभाएकी छिन्। रोश्नीका अनुसार यो चलचित्रले यौनकर्मीहरूको कामलाई मात्र नभई उनीहरूको मानसिक पीडा, बाध्यता र समस्याहरूलाई पनि गहिराइबाट देखाउन खोजेको छ। समाजको हेराइ र आफ्नै परिस्थितिबीच उनीहरू कस्तो मानसिक अवस्थाबाट गुज्रन्छन् भन्ने कुरा यसमा मुख्य रूपमा उठाइएको छ।

अर्की अभिनेत्री उषा रजकले यसमा फरक क्षमता भएकी (बोल्न नसक्ने) आमाको भूमिका निर्वाह गरेकी छिन्। उषाको यो फरक अवतार दर्शकका लागि निकै रोचक हुने देखिएको छ। रोश्नी र उषाका साथै चलचित्रमा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको पनि महत्वपूर्ण अभिनय रहेको छ।

फेथ आस्थाको प्रस्तुति र रीना लामा कार्यकारी निर्माता रहेको यो चलचित्र आगामी फागुन २९ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछ। नेसनल सिने ग्रुप नेपालले वितरण गर्न लागेको छ।

Previous Post

रङ्गमञ्चको १२ वर्षे संग्घर्षपछि चलचित्रको पर्दामा जम्दै सविन कट्टेल

Next Post

निर्वाचनका कारण देशभरका क्यूएफएक्स चलचित्र हलहरू फागुन २१ गते बन्द रहने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
निर्वाचनका कारण देशभरका क्यूएफएक्स चलचित्र हलहरू फागुन २१ गते बन्द रहने

निर्वाचनका कारण देशभरका क्यूएफएक्स चलचित्र हलहरू फागुन २१ गते बन्द रहने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।