विशेष अनलाइन । नेपाली सिनेमा प्रेमीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘वरिष्ठ बलराम’ अब कात्तिक ६ गते, भाइटीकाको दिन प्रदर्शन हुने भएको छ। प्रारम्भमा लक्ष्मी पूजाको दिन, कात्तिक ३ गते रिलिज गर्ने योजना थियो, तर निर्माण टिमले दर्शकको सुविधा र विशेष अवसरको महत्वलाई ध्यानमा राख्दै मिति परिवर्तन गरेको छ।
फिल्म निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको हो। यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई र माओत्से गुरुङले मुख्य भूमिकामा अभिनय गरेका छन्। पौडेलले पहिले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ जस्ता फिल्ममार्फत आफ्नो निर्देशन क्षमताको प्रमाण देखाइसकेका छन्।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्।
छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट शाक्य, र नृत्य निर्देशन प्रदीप लामाले गरेका छन्। तारानाथ न्यौपाने फिल्मका मुख्य सहायक निर्देशक हुन्। ‘वरिष्ठ बलराम’ काठमाण्डौ भ्यालीमा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसन मार्फत वितरण गरिनेछ।










Discussion about this post