विशेष अनलाइन । निर्देशक दीपेन्द्र के खनाल को निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ ।टिजरले कथावस्तुको झलक, कलाकारहरूको प्रस्तुति र फिल्मको भावनात्मक आयामलाई दर्शाउने प्रयास गरेको छ ।
दशैंको फूलपातीलाई लक्षित गर्दै असोज १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ भने स्वरमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर रहेको छ ।एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन्। कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका छन्।









Discussion about this post