विशेष अनलाइन । चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारितर हेर निर्माण हुन लागेको चलचित्र ‘परालको आगो’ वर्कसप सुरु भएको छ । चलचित्रको वर्कसप आइतबार बाट सुरु गरिएको हो ।
आइतबारदेखि सुरु भएको वर्क सपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी लगायत कलाकारहरु सहभागी भएका छन् । चलचित्रका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन् । निर्माता पोखरेलले चलचित्रलाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए ।
लक्ष्मण सुनार निर्देशित चलचित्रमा सौगात , प्रकाश , सुहाना , सिर्जना, सहित शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायतकलाकार्हरुको अभिनय रहनेछ ।
चलचित्रको गीतहरूमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन् । निर्माण पक्षका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिना अघि नै उनको निवासमा पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो । चलचित्र को छायाङ्कन भदौ २६ गतेदेखि म्याग्दीको रमणीय स्थानहरूमा सुरु हुनेछ । चलचित्रको छायाङ्कन सङ्कल्प भुजेलले गर्नेछन् । चलचित्रमा रामजी लामिछानेको नृत्य रहनेछ ।









Discussion about this post