विशेष अनलाइन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सहारा फिल्म्सले नयाँ चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्टसँगै चलचित्रको औपचारिक रुपमा घोषणा गरेको हो।
निर्माण घोषणा समारोहमा उपस्थित निर्देशक फिरोजले आफूलाई यो चलचित्रमार्फत दर्शकले नयाँ परिचयमा पाउने विश्वास व्यक्त गरे। उनका अनुसार, चलचित्रले प्रेमसँग जोडिएका भावनात्मक आयामलाई गहिरो रुपमा प्रस्तुत गर्नेछ । रोमान्टिक कथावस्तुमा आधारित यस चलचित्रको टाइटल पोस्टरमा देखाइएको कालो बादल, सुनसान घर र रूखले छाडिएको मायाको पीडा तथा प्रेमभित्रको शंका, विछोड र मिलनलाई संकेत गरेको देखिन्छ।
चलचित्रको कथा जीवन आचार्यले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत भर्नेछन्। चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम भने निर्माण टिमले सार्वजानिक गरेको छैन। चलचित्रलाई फिरोज तिमलसेनाले निर्देशन गर्नेछन्। उनको यो डेब्यु निर्देशन हो। उनले यसअघि ‘दर्पण छाया–२’ मा अभिनय गरिसकेका छन् भने गायकको परिचय पनि बनाएका छन्।









Discussion about this post