विशेष अनलाइन । दशैंको फूलपातिमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘माइतीघर’ ले आफ्नो फस्टलुक पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ पहिलो झलक प्रस्तुत गरेको छ। शुक्रवार निर्माताद्वारा सार्वजनिक पोस्टरले चलचित्रको ग्रामीण सौन्दर्य र परम्परागत भावनालाई उजागर गर्ने प्रयास गरेको छ।
म्याग्दीको ताकम र दरबाङको प्राकृतिक र सांस्कृतिक पृष्ठभूमिमा छायांकन गरिएको यो चलचित्रमा निर्देशक मिलन तामाङले ग्रामिण जीवनशैली र सम्बन्धलाई केन्द्रीत कथा पस्किने संकेत गरेका छन्। पोस्टरमा केदार घिमिरे (माग्नेबुढा), उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, र श्यामाश्री शेर्पा लगायतका कलाकारहरू देखिएका छन् । पोस्टरले चलचित्रको विविधता र स्टार पावर झल्काएको छ ।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले लगानी गरेका छन् । चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन् । कार्यकारी निर्माताको रूपमा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन्।
ग्रामीण संस्कृतिमा आधारित कथावस्तुलाई दशैंको पारिवारिक उमंगसँग जोड्ने उद्देश्यसहित चलचित्र असोज १३ गते प्रदर्शनमा आउनेछ। पोस्टर सार्वजनिकसँगै निर्माता रोहित अधिकारीले प्रचार–प्रसारको अभियान औपचारिक रूपमा सुरु भएको जानकारी दिएका छन्।










Discussion about this post