विशेष अनलाइन । चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । यो गीतले विदेशमा काम गर्न गएका नेपाली युवाहरूले भोग्ने दुख, पीडा र तिनीहरूको भावना राम्रोसँग देखाएको छ । विदेशमा काम गर्दा हुने शारीरिक र मानसिक कष्ट, नियन्त्रणमा परेको जस्तो अनुभव, र घर परिवारको सम्झना गीतमा देखाइएको छ । यो गीतले फिल्मको मुख्य विषय ‘वैदेशिक श्रम जीवनको वास्तविकता’ पनि बताउँछ ।
गीतमा रामचन्द्र काफ्लेको स्वर तथा संगीत रहेको छ। गीतका शब्द अमर न्यौपानेले लेखेका हुन् । मिक्सिङ-मास्टरिङ किरण तुलाधरले गरेका छन् ।
चलचित्रमा प्रमोद चौलागाईं , नीता ढुङ्गाना , छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
चलचित्रको निर्देशन रोशन श्रेष्ठले गरेका छन् । छायांकन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्र साउन १६ गतेदेखि देशभर प्रदर्शन हुनेछ । चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्नेछ ।









Discussion about this post