BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

एकैसाथ दुई एक्सन चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा, कुनले मार्ला बाजी?

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २९, २०८१, ९:२६ बिहान
in FEATURE, चलचित्र
एकैसाथ दुई एक्सन चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा, कुनले मार्ला बाजी?
88
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । पिताम्बर र कर्मा – दुई एक्सनप्रधान नेपाली चलचित्र शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका छन्। एउटै जनराका यी दुई फिल्मले बक्स अफिसमा कस्तो प्रभाव पार्लान् भन्नेमा दर्शकदेखि फिल्मकर्मीहरूसम्म चासो बढेको छ।

पिताम्बरमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा र प्रमोद अग्रहरीजस्ता स्टार कलाकारहरूको जमघट छ। यो चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन्। ट्रेलर सार्वजनिक भएसँगै यसले बलियो कथा र सशक्त प्रस्तुति दिने संकेत देखाएको छ।

यता कर्मामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्य देवको अभिनय रहेको छ। विपिन कार्कीको एक्सन अवतार हेर्ने कौतुहलता धेरैमा देखिएको छ, किनकि उनी प्रायः गम्भीर, मनोवैज्ञानिक वा हाँस्य भूमिकामा देखिँदै आएका छन्। कर्मालाई शौरभ चौधरीले निर्देशन गरेका हुन्।

प्रचार–प्रसारमा दुवै चलचित्रले कुनै कमी गरेका छैनन्। देशका प्रमुख सहरहरूमा क्याम्पेन, मिडिया इभेन्ट, सामाजिक सञ्जाल, भिडियो सामग्री, ट्रेलर लन्चदेखि स्टारहरुको सहभागिता झल्किने कार्यक्रमहरू हुँदै आएका छन्।

एकैसाथ दुई एक्सन चलचित्र प्रदर्शनमा आउनु आफैंमा कमै हुने घटना हो। दर्शकबीच अहिले यही बहस छ—पिताम्बरको स्टारकास्ट जित्ने कि कर्माको कथावस्तु? प्रेमप्रधान फिल्महरूको भीडबीच एक्सन जनराको यो आगमनले नेपाली चलचित्र बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

२०७८ देखि ८० सम्म राम्ररी जमेको रोमान्टिक ट्रेन्ड अब क्रमशः कम हुँदै जाने र अब पुनः एकपटक एक्सन जनरा फर्किन सक्ने धेरैको आकलन छ ।

पिताम्बर र कर्मा दुबै २०८१ सालका अन्तिम मुख्य चलचित्र पनि हुन्। नयाँ वर्षको संघारमा कुन चलचित्रले दर्शकको मन जित्नेछ भन्ने प्रश्नको जवाफ भने अब पर्दामै खुल्नेछ।

Previous Post

दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा

Next Post

‘नरसिंहाः अवतार’को पोस्टर सार्वजनिक,रोमान्टिक जोडीमा राज र सनिषा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
Next Post
‘नरसिंहाः अवतार’को पोस्टर सार्वजनिक,रोमान्टिक जोडीमा राज र सनिषा

‘नरसिंहाः अवतार’को पोस्टर सार्वजनिक,रोमान्टिक जोडीमा राज र सनिषा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।