BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलरमा निश्चल बस्नेतको सस्पेन्सपूर्ण इन्ट्री

विशेष अनलाइन by विशेष अनलाइन
माघ ४, २०८१, ८:४८ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलरमा निश्चल बस्नेतको सस्पेन्सपूर्ण इन्ट्री
66
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।

चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ।

राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ। चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ।

राजनको यो डेब्यु निर्देशकिय सिनेमा हो । यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘एक्टरस् टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस चलचित्रमा अनीश भुसाल सह(निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।चलचित्रको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन्।

चलचित्र ‘एक्टर’ माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने छ। यस चलचित्रले नेपाली सिनेमामा नयाँ कथा र प्रस्तुति शैली ल्याउने अपेक्षा गरिएको छ।प्रेमकथा, द्वन्द्व, र सस्पेन्सको मिश्रण रहेको ट्रेलरले चलचित्रप्रति दर्शकको चासो बढाएको छ। जसले सिनेमा हेर्ने दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ। यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

Previous Post

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

Next Post

फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने, मुख्य भूमिकामा विजय बरालको सम्भावना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने, मुख्य भूमिकामा विजय बरालको सम्भावना

फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने, मुख्य भूमिकामा विजय बरालको सम्भावना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।