विशेष अनलाइन । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने भएको छ । चलचित्र हिमाल न्यौपानेको निर्देशनमा बन्ने पक्का भएको हो । शुक्रबार निर्माण कम्पनी पेपरक्लिपले न्यौपानेलाई निर्देशकमा अनुबन्धित गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । फिल्ममा गाउँबाट सहर आएका एक व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई प्रस्तुत गरिने बताइएको छ ।
‘जनै हराएको बाहुन’ निर्देशक न्यौपानेको पहिलो व्यावसायिक फिल्म हो । यस अघि उनले केही वृत्तचित्र र लघु फिल्म निर्देशन गरिसकेका छन् । यो वर्षको अन्त्य तिर छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मका लागि मुख्य भूमिकामा केही कलाकार तय भइसकेका छन् । तर, नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार, फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल देखिने सम्भावना प्रवल छ ।
कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ ।
Discussion about this post