विशेष अनलाइन । लक्ष्मण सुनारको निर्देशनमा चलचित्र ‘परालको आगो’ बन्ने भएको छ । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुन लागेको हो ।कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशिलकुमार पोखरेललाई कथाको मर्म नबिग्रने गरे निर्माणको मन्जुरी दिएका छन् । चलचित्र निर्माणमा आफ्नो पूर्ण सहमति रहेको उनले उल्लेख गरेका छन् ।
५ वर्षअघिको नेपाली समाजको परिवेशमा बनाउने तयारी गरिएको यो चलचित्रले कृतिको मर्मलाई कायम राख्ने पोखरेल बताउँछन् । ‘पैसा कमाउने भन्दा पनि यसको उद्देश्य अभिलेखीकरण गर्न मिल्ने ढंगले भोलिको पुस्तालाई यसबारे जानकारी दिने कुरा हो’ उनले भने, ‘प्रकाश सुब्बाहरुले पनि राम्रै मेकिङ गरेपनि हामीले रि-राइट गरेर सुन्दर चलचित्र बनाउन थालेका हौं ।’
चलचित्र कथाकार मैनालीले यो झगडालाई परालको आगोको संज्ञा दिएका छन् । चलचित्रको छायाङ्कन फागुनदेखि हुने बताइएको छ । चलचित्रमा कलाकार तय गर्न बाँकी रहेको निर्माण टिमले बताए ।यो चलचित्रको प्रदर्शन २०८२ सालको दशैंमा हुने समेत पोखरेलले जनाएका छन् ।भेन्ट, प्रस्तुतिकरण र पटकथालाई भिन्न तुल्याएर चलचित्र बनाउन लागेको निर्माता पोखरेलले बताए ।
Discussion about this post