इटहरी / कोरोना भाइरसको महामारीले देशका अधिकांश स्थानमा निशेधाज्ञा जारी गरिएको छ । निशेधाज्ञा जारी भएकै कारण छायांकन भइरहेका बिभिन्न चलचित्रहरुको छायांकन रोकिएका छन् । त्यसकै चपेटामा चलचित्र ‘बाबरी’ पनि परेको छ । चलचित्र ‘बाबरी’को छायांकन पुर्वको झापामा भइरहेको थियो । तर, झापामा आइतबार राती १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी भएपछि चलचित्रको छायांकन रोकिएको हो ।
नया वर्षको अवसर पारेर वैशाखको ६ गतेबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । छायांकन रोकेर यसको टिम काठमाण्डौ फर्किसकेको निर्माणपक्षले जानकारी दिएको छ । झपासँगै नेपालका अन्य केही स्थानहरुमा छायांकन सकेर छायांकनको लागी सिक्किम जाने तयारीमा निमांण युनिट थियो । तर, नेपालमा मात्रै नभएर सिक्किममा पनि हालको अवस्थामा चलचित्र छायांकन गर्ने अवस्था नभएका काराण छायांकन नै स्थागित गर्नु परेको निर्माण युनिटले बताएको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भैरहेको चलचित्रमा धिरज मगर र अदिती वुढाथोकी मुख्य भुमिकामा रहेका छन् । धिरज चलचित्र इन्टुमिन्टु लण्डनमाबाट नेपाली चलचित्र नगरीमा भित्रिएका हुन् भने अदिती चलचित्र कृ बाट भित्रिएकी हुन् ।
Discussion about this post