विशेष अनलाइन । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’बाट सिताराम कटेल (धुर्मुस) चलचित्रमा फर्किएका छन् ।केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सितारामको चलचित्रमा मुख्य भूमिका रहने निर्माण टिमको भनाइ छ ।
२०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय सिताराम त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ चलचित्र अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए ।
चलचित्रको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । चलचित्रमा सिताराम सहित अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायत कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । चलचित्रले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ । चलचित्र ‘सक्किगोनि’ समूह मिलेर निर्माण गर्न लागेको हो ।
Discussion about this post