विशेष अनलाइन । आइतबार नेपाल चलचित्र बोर्डको २४ औँ वार्षिकोत्सव समारोह समापन भएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
वार्षिकोत्सव समारोहमा बोल्दै केसीले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताएका हुन् । अध्यक्ष केसीले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गरे । आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको उनको भनाई थियो ।
अध्यक्ष केसी भन्छन्, ‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने नै छु । आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यू र सचिवज्यूको पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु । मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ ।
चलचित्रकर्मीहरूको क्युआर कोड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ । चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु गरेको छु । बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ ।’
Discussion about this post