विशेष अनलाइन । इटहरी १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलले राष्ट्रिय धान दिवस मनाएको छ । स्कुलले पञ्चे बाजा सहित खेतमा धान रोप्दै सो दिवस मनाएको हो । पाठ्यपुस्तकलाई सिप, रोजगार तथा समाजसँग जोड्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले जानकारी दिए ।
सोही अवसरमा धान रोप्ने क्रममा आवश्यक पर्ने धानको बिउ, घुम, पिरा, पेरुङ्गो, खुँगी, डालो, कोदालो लगायतका सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
पछिल्लो समय रोपाइँमा प्रयोग हुने धेरै सामाग्रीहरूको लोप हुँदै गाएको कुरालाई मध्यनजर गर्दै विद्यार्थीलाई उक्त सामाग्रीहरू चिनाउनका लागि प्रदर्शनी गरिएको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई थियो ।
इटहरी उपमहानगरपालिका वडा १९ का वडाध्यक्ष श्री नारायण चौधरीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा २० नम्बर वडाका वडाध्यक्ष मणिराम श्रेष्ठ, कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका प्रमुख गोविन्द तिम्सिना, विद्यालय अध्यक्ष लाल बहादुर श्रेष्ठ, संरक्षक तेज बहादुर श्रेष्ठ, सहायक प्रधानाध्यापक पुष्कर थापा लगायतको उपस्थिति रहेको थियो ।
Beta feature
Beta feature
Discussion about this post