BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘दान्भी’का कारण राम्रोसँग निदाउन सकेको छैन–अभिनेत्री शर्मा

विशेष अनलाइन by विशेष अनलाइन
असार ५, २०८१, ६:०८ मध्यान्ह
in FEATURE, चलचित्र
‘दान्भी’का कारण राम्रोसँग निदाउन सकेको छैन–अभिनेत्री शर्मा
95
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘दान्भी’ यही असार ७ गते शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आउँदै छ । चलचित्रमा पूजालाई एक्सन लेडीका रूपमा देखिँदै छ । चलचित्र थ्री लभरबाट नेपाली चलचित्र नगरीमा उदाएकी अभिनेत्री शर्माले अभिनयसँगै चलचित्र निर्माण समेत गरेकी छन् । अभिनेत्री शर्माले धेरै लभ स्टोरी चलचित्रहरूमा काम गरिसकेकी छन् । पहिलो पटक चलचित्र ‘दान्भी’मा पूजाको एक्सन देखिँदै छ । ‘दान्भी’अभिनेत्री शर्माको अभिनय करिअरमा १६ औँ चलचित्र हो । पूजाले यस चलचित्रबाट चलचित्र नगरीमा आफ्नो परिचय अझै बलियो बन्ने विश्वास गरेकी छन् । प्रस्तुत छ उनै अभिनेत्री शर्मासँग विशेष अनलाइनले गरेको विशेष गफ:

चलचित्र ‘दान्भी’कस्तो चलचित्र हो ?
‘दान्भी’ सन्देश मूलक भन्दा पनि पूर्णरुपमा मनोरञ्जनमूलक चलचित्र हो । ‘दान्भी’ हेर्दै गर्दा दर्शकले पक्कै पनि एउटा राम्रो चलचित्र हेरेको महसुस गर्नुहुने छ । ‘दान्भी’महिलाहरू पुरुष भन्दा कम छैनन् । जस्तो परिस्थिति आए पनि डटेर सामना गर्न सक्छन् भनेर देखाउन खोजिएको चलचित्र हो । चलचित्र एक्सनले भरिपूर्ण छ । एक्सन जनराको नेपाली चलचित्र नआएको धेरै नै भइसकेको छ । नेपाली दर्शकमा लागेको एक्सनको भोकलाई चलचित्र ‘दान्भी’ले मेट्नेमा पूर्ण आसावादी छु ।

तपाईँको भूमिकाका चैँ कस्तो छ ?
‘दान्भी’ मा नेपाली दर्शकले पूजा शर्मालाई फरक अवतारमा देख्दै छन् । दर्शकले लभ स्टोरीमा मात्र देखिरहनुभएको थियो । लभ स्टोरी त यसमा पनि नभएको हैन । लभ स्टोरीसँगै आफूलाई माया गर्ने मान्छेको लागि जस्तोसुकै परिस्थितिमा पनि पछि नहट्ने र लड्न सक्ने महिला पात्रका रुपमा पूजा शर्मालाई पाउनुहुने छ । यसबाट नेपाली दर्शकले मलाई फरक अवतारमा देख्दै हुनुहुन्छ । पूजाले जस्तो काम पनि गर्न सक्छे भन्न उदाहरणका लागि पनि ‘दान्भी’ महत्त्वपूर्ण छ ।

तपाईले एक्सन चलचित्र किन रोज्नु भयो ?
एक्सन चलचित्र मेरो रहर पनि हो । त्यससँगै एक्सन चलचित्र मैले ठुलै रिस्क मोलेर अभिनय गरेको हुँ। सधैँ एकै प्रकृतिको चलचित्र गर्नुभन्दा फरक पनि हुन्छ र सिक्ने मौका पनि पाइन्छ भनेर नै ‘दान्भी’मा काम गरेको हो । एक्सन के हो थाहा थिएन । ‘दान्भी’मा कम गरिरहँदा धेरै कुराहरू सिक्ने अवसर पाएँ । मैले रिस्क मोलेर काम गरेको चलचित्रलाई दर्शकले पक्कै रुचाउनु हुने छ भन्नेमा आसावादी छु ।

लभ स्टोरी र एक्सन दुवैमा अनुभव लिनुभयो, काम गर्न कुन सहज हुदो रहेछ ?
काम भन्ने कुरा दुवैमा सहज भन्ने त पक्कै हुँदैन तर, तुलनात्मक रूपमा लभ स्टोरीमा भन्दा एक्सन जनरामा काम गर्न निकै गाह्रो हुने रहेछ । अझ भनौँ अभिनयमा सबैभन्दा गाह्रो भनेको नै एक्नश हो । काम गर्न पनि उत्तिकै रिस्क छ । एउटा टेक बिग्रएर अर्को टेक लिनुपर्यो पनि निकै झन्जट हुने गर्छ । जे भए पनि हामीले दिनसक्ने शतप्रतिशत दिएका छौँ । हामीले परिक्षा दिएका छौँ अब रिजल्ट भैँ दर्शकको हातमा छ ।

नेपालमा एक्सन जनरामा पनि धेरै चलचित्र बनेका छन् । यसमा त्यस्तो के फरक महसुस गर्न पाउछन् नेपाली दर्शकले ?
एक्सन जनरामा काम गर्ने पक्कै पनि हामी पहिलो हैन । यो भन्दा अगाडी धेरै चलचित्र एक्सन जनरामा बनेका छन् । तर, चलचित्र ‘दान्भी’को एक्शनमा पहिलेका भन्दा धेरै फरक अनुभुति गर्न पाउनुहुने छ । कतिपय स्थानमा दर्शकले यो रिल नभएर रियल भइरहेको छ भन्ने अनुभूति गर्नुहुने छ । अरु बाँकी चै असार ७ लाई नै छाडिदिउ ।

चलचित्र ‘दान्भी’ले तापाईको कलाकारिता यात्रामा कस्तो स्थान निर्धारण गर्ला ?
यो चै दर्शकले गर्ने कुरा हो । मेरो मनमा पनि हरक्षण यही कुरा खेलिरहेको छ । म रातमा पनि राम्रोसँग निदाउन सकेको छैन । किनभने मैले आफ्नो काँधमा बोकेको चलचित्र हो ‘दान्भी’ । मेरो अभिनय करियरका लागि पनि यो चलचित्र एकदमै महत्त्वपूर्ण छ । आशा छ दर्शकले मेरो कामलाई उचित स्थान दिनुहुने छ ।

Previous Post

जन्ते बाख्रोको पहिलो पोस्टर : छाता ओडेर चस्मा लगाएको बाख्रो

Next Post

चलचित्र ‘शिरफूल’को प्रदर्शन मिति सर्यो , साउन १८ मा प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
चलचित्र ‘शिरफूल’को प्रदर्शन मिति सर्यो , साउन १८ मा  प्रदर्शन हुने

चलचित्र ‘शिरफूल’को प्रदर्शन मिति सर्यो , साउन १८ मा प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।