बिशेष अनलाइन । अभिनेता जितु नेपाल चलचित्र ‘कङ्गारु’मा कलाकारको रूपमा अनुबन्धित छन् । सम्राट् बस्नेतको निर्देशन रहने चलचित्र मा उनी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका हुन् । चलचित्र ‘ज्वाइँ साँप’ छायाङ्कनमा अहिले अभिनेता नेपाल व्यस्त छन्।
चलचित्रमा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा चलचित्र बन्न लागेको हो । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । चलचित्रका लागि अभिनेत्री छनौट हुन बाँकी छ । ३५ दिनको छायाङ्कन सेड्युल निर्धारण गरिएको चलचित्र अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतमा हुनेछ ।
चलचित्र फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रूपमा छन् । सीमा गुरुङको कथा रहेको फिल्मका छायाकार सुशन प्रजापति हुन् ।
Discussion about this post