BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ४, २०७९, ८:२१ बिहान
in FEATURE, अन्य
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै
64
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । प्रदेश १ मा बृहत् रुपमा पहिलोपटक आयोजना हुने तयारिमा रहेको ‘फ्लायर्स फिल्म अवार्डस् २०७९’ आउदो चैत्र २५ गते बिराटनगर अवस्थित जैन भवनमा हुने भएको छ । बिराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ मिति सार्बजनिक गरेको हो । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना आयोजना गर्ने यो अवार्ड समारोहको यो दोस्रो पटक मिति सार्बजनिक गरिएको हो । यसअघि स्थानिय तह निर्वाचनका कारण अवार्ड समारोह पछाडि धकेलिएको थियो । अब भने सम्पूर्ण तयारी पूरा भैसकेको पत्रकार सम्मेलनमा अवार्डका परिकल्पनाकार तथा निर्देशक साईमन राजबंशीले जानकारी गराए । बिराटनगरमा पुरै तामझाम सहित गरिने अवार्ड शोको नोमिनेसन क्याटोगरी भिडियो यसअघि नै सार्बजनिक गरिसकिएको छ भने अहिले फिल्महरु दर्ता हुने र जुरिहरुबाट नोमिनेसन गर्ने कार्यहरु भैरहेको छ । यस्तै आयोजक टिमका अनुसार प्रदेश १ मा रहेका डान्सरहरुलाई नि-शुल्क कोरियोग्राफी गरेर अवार्ड समारोहमा प्रस्तुती दिने मौका समेत उपलब्ध गराउने भएको छ ।

अवार्डलाई मर्यादित र चुस्त दुरुस्तका साथै विवादरहित बनाउन कुनै पनि अवार्डको रेट नतोकिने साईमनले ठोकुवा गरे । अवार्डको जुरीहरुलाई भने गोप्य राखिएको छ । साईमनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’ अवार्ड समारोहबाट बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधामा अवार्ड वितरण गरिने भएको छ ।

आयोजकका अनुसार २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपालि चलचित्रहरुलाई यो अवार्ड कार्यक्रममा निशुल्क दर्ता गरिदैछ । मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको साइमनको भनाई छ । उनले भने, ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ ।’ कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे । उनले भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।’

अवार्ड समारोह समितीको अध्यक्षमा चन्द्र प्रसाद राजबंशी ‘सिपि’, म्यानेजिङ डिरेक्टरमा हरि सिवाकोटी, निर्देशकमा साईमन राजबंशी, इभेन्ट मार्केटिङ हेडमा गुणराज गिरि, सल्लाहकारमा विवेक न्यौपाने, कार्यक्रम संयोजकमा आशिमा दुतराज, सञ्जु सापकोटा र रविना राजबंशी, ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य रहेका छन् । प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति, भेषभूषा, संस्कार तथा पहिचान झल्काउने बिभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्धारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार लगिनेछ । अवार्ड समारोहमा राष्ट्रियस्तरका फिल्मकर्मीहरुको जम्बो टोलि ल्याउनलाई भेटघाट गरिरहेका छन् ।

Previous Post

प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

Next Post

कलाकार रितेश जङ्गले दिए पहलमानहरुलाई नगद पुरस्कार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
कलाकार रितेश जङ्गले दिए पहलमानहरुलाई नगद पुरस्कार

कलाकार रितेश जङ्गले दिए पहलमानहरुलाई नगद पुरस्कार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।