चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक भएकोछ । २ मिनेट ३७ सेकेण्ड लामो ट्रेलरले विवाहको सर्त बाझिंदा आउने द्वन्द्व यसको प्रमुख कथावस्तु प्रस्तुत गरेको छ ।
सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरेको छ । एक जिम्मेवारी र प्रेमको कथा भएकोले दर्शकले फिल्मको कथावस्तुलाई रुचाउनेमा आफु ढुक्क भएको निर्देशक डा. कपिल रिजालले बताए। फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा प्रदर्शन हुने भएको छ ।
बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईको ‘प्राइम फोकस स्टुडियो’मा भएको हो । फिल्मलाई डा.भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका छन् । सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथारसंवाद रहेको फिल्ममा जितु र साम्राज्ञीका अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
फिल्मलाई बिभिन्न भाषामा एक साथ प्रदर्शनमा प्रदर्शन गर्ने निर्माण टीमको तयारी रहेको छ । फिल्म हिन्दीसंगै पन्जाबी, मराठी, बंगाली , तमिल र तेलेगु भाषामा पनि प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ । फिल्म आगामी माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ ।
Discussion about this post