BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘नालापानी’ हेरेपछि मेयर पौडेलले भने चलचित्र हेरेर पहिलोपटक रुएँ

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक २२, २०७९, ६:०३ मध्यान्ह
in FEATURE, चलचित्र
‘नालापानी’ हेरेपछि मेयर पौडेलले भने चलचित्र हेरेर पहिलोपटक रुएँ
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  ऐतिहासिक  युद्धमा आधारीत नेपाली चलचित्र ‘नालापानी’ को बिशेष शो इटहरीमा गरिएको छ । इटहरीको इलाइट सिनेमामा आयोजित बिशेष शोमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी बलका उच्च पदस्थ व्यक्तित्व,शिक्षण क्षेत्रका बिशिष्ट व्यक्तित्व, कलाकार,पत्रकार लगायतको उपस्थितिमा चलचित्रको बिशेष शो गरिएको हो ।

चलचित्र हेरेपछि सटिक प्रतिकृया दिदै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नेपाली चलचित्र हेरेर पहिलोपटक रुएको उल्लेख गरे । चलचित्र निर्माण युनिट तथा कलाकारको प्रसंशा गर्दै प्रमुख पौडेलले इटहरी उपमहानगरपालिकाले चलचित्र युनिटसँग सहकार्य गर्ने बताएका छन् । ‘यो हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो, बिध्यालय तथा कलेजका बिध्यार्थीहरुलाई पनि देखाउन आवस्यक छ,’प्रमुख पौडेलले भने ।

चलचित्र हेरेपछि प्रतिकृया दिएका सबैले चलचित्रको खुलेर प्रसंशा गरे । चलचित्र हेर्न निम्त्याइएका बिभिन्न बिध्यालयका प्रधानअध्यापकहरुले चलचित्र ‘नालापानी’ आफ्ना बिध्यार्थीहरुलाई देखाउने बताएका छन् । बिशेष शोमा आएको प्रतिकृयालाई मध्यनजर गर्दै  चलचित्र पुन रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । स्कुल तथा कलेजसँगको सहकार्यमा बिशेष छुट सहित बिध्यार्थीहरुलाई चलचित्र देखाउने निर्देशक अधिकारीको भनाई थियो ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् । चलचित्र ‘नालापानी’मा सन्तोष पन्त,देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।

Previous Post

चलचित्र ‘निरमाया’ को ‘मायाको रंग हुँदैन’

Next Post

‘फूलबारी’ को फर्स्टलुक पोष्टर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
‘फूलबारी’ को फर्स्टलुक पोष्टर सार्वजनिक

‘फूलबारी’ को फर्स्टलुक पोष्टर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।