बिशेष अनलाइन । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।
मुटु र प्रोष्टेटको समस्या देखिए पछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारका लागि उनलाई किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण समेत पुष्टि भएको थियो ।
शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली
Discussion about this post