बिशेष अनलाइन । छोटो चलचित्र “टेक अफ” सार्वजनिक गरिएको छ । चलचित्रले नेपाली परिवेशमा हुने गरेका विविध घटनाक्रहरुलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ । एउटा युवा आफ्नै जन्मभुमीमा रहेर केही गर्न चाहान्छ तर राजनितिक खिचातानिका कारण दिक्क भएर बैदेशिक रोजगारीका लागि जान बध्य हुनुपर्छ । सोही कुरालाई छोटो चलचित्र “टेक अफ”मा यथार्थपरक ढंगबाट प्रस्तुत गरिएको छ ।
भिम पाण्डेको निर्देशनमा तयार भएको छोटो चलचित्र “टेक अफ”को कथा पनि निर्देशक पाण्डेले नै लेखेका हुन् । यात्रा कृयशन फिल्मस्को ब्यानरमा बनेको छोटो चलचित्र “टेक अफ”को निर्माण सुरज पोखरेलले गरेका हुन् । चलचित्रमा महेश घिमिरे,नारद कट्वाल, सुरज पोखरेल,तारा धमला,उमेश घिमिरे,स्वस्तिका परियार,कृश घिमिरे,रेहान गुरुङ, पबित्रा गुरुङ, जानभी माते, सुहाना मगर लगायतको अभिनय रहेको छ ।
छोटो चलचित्र “टेक अफ”ले नेपाली परिवेशको कथा प्रस्तुत गरेको निर्देशक पाण्डेको भनाई छ । चलचित्रको छायांकन दिनेश राई सुविनले गरेका हुन् भने सम्पादन बसन्त राईले गरेका हुन् ।
Discussion about this post