बिशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा सफल महिला कलाकारहरु मध्यकी एक हुन् दीपाश्री निरौला । उनले आफुलाई सफल कलाकारका साथै सफल निर्देशकका रुपमा स्थापित गरेकी छिन् ।
प्रदेश नम्वर १ को राजधानी बिराटनगरमा जन्मीएकी दीपाश्री ४६ वर्ष पुगेकी छिन् । तर, हाल सम्म अविवाहित नै छिन् । उनले आफ्नो जन्मदिन परिवार र नजिकका साथीहरुसँग मनाउदै छिन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमार्फत धेरैले शुभकामना दिइरहेका छन् । दीपाले ३० वर्ष भन्दा धेरै समय कलाकारिता क्षेत्रमै रहेर ब्यतित् गरिसकेकी छिन् ।
रेडियो नाटकबाट कला क्षेत्रमा प्रवेश गरेकी दीपाश्रीले बिभिन्न चलचित्रकी नायिका,गायिका ‘तितो सत्य’ निर्माण तथा अभिनय हुँदै आज नेपाली चलचित्र नगरीको इतिहासमा सबै भन्दा धेरै व्यापार गर्न सफल चलचित्रको निर्देशककारुपमा आफुलाई स्थापित गर्न सफल भैसकेकी छिन् । उनी निर्देशित पहिलो चलचित्र ‘छक्का पन्जा’ले रेकर्ड राखेपछि दीपाश्री सफल चलचित्रकर्मीको सूचीमा दहरिएकी हुन् ।
भाद्र महिनामा जन्मदिन भएसँगै अन्य बिभिन्न कारणले उनलाई भाद्र महिना मनपर्ने दीपाश्री बताउछिन् । भाद्र ७ गते जन्मिएकी दीपाश्रीले पहिलो स्टेज प्रस्तुति भाद्र महिना नै गरेकी थिईन् । उनले निर्माण तथा अभिनय गरेको हाँस्य श्रृङ्खला ‘तितोसत्य’ पनि ०६० साल भाद्र महिनाबाट नै सुरु भएको दीपाश्रीले बताएकी छिन् ।
दीपालाई रेडियो नाटकबाट नै धेरै दर्शकले रुचाएका थिए । एकसय उनीहरुले निर्माण गरेको रेडियो नाटक रामबिलस र धनियाले निकै चर्चा कमाएको थियो । रेडीयो नाटकबाट नै सफल भएकी दीपालाई आस्य टेलिश्रिंखला ‘तितो सत्य’मा दर्शकले सर्वाधिक रुचाएका थिए । रेडियोमा ‘धनियाँ’ नामले चिनिएकी दीपाको हास्यटेलिश्रिंखला ‘तितो सत्य’बाट भने आफ्नै नाम ब्रान्ड बनेको थियो ।
२०५० सालमा रेडियो नाटकमा अभिनय गरेवापत, ३०० रुपैया पहिलो पारिश्रमिक लिएको राम्रो याद छ दीपाश्रीलाई । कला श्रेत्रलाई नै आफ्नो सबैथोक मान्ने भएका कारण पनि आफुले बिवाह नगरेको दीपाश्रीको भनाई छ । ‘जुनबेला मेरो जीवनमा मानिसहरु आए, म कलाको आशक्ति थिएँ । यो क्षेत्र नै छोड्नुपर्छ भन्नेहरु पनि धेरै आए, जसलाई मैले अपनाउन सकिँन, यो क्षेत्र नै मेरा लागि सबैथोक हो’दीपाश्रीले भनेकी छिन् ।
दीपाश्री एक पटक गहिरो प्रेममा परेकी थिइन् । बिध्यालयमा अध्ययन गर्दै गर्दा सुरु भएको उनको प्रेम करिव ९ वर्ष पछि टुटेको थियो । त्यो प्रेम सम्झिदा अहिले पनि आँखा रसाउने दीपा बताउछिन् । तर, हालको समयलाई हेर्ने हो भने आफुलाई राम्रो कलाकार हुन जुरेका कारण प्रेम नजुरेको दीपा बताउछिन् ।
दीपा भन्छिन् ‘त्यो प्रेम नटुटेको थियो भने आज म कसैकी श्रीमति,कसैकी बुहारी अनि कसैकी आमा बनिसकेकी हुन्थेँ । कलाकारिता काँहा हुन्थ्यो थाहा छैन । जे हुन्छ राम्रैका लागि हुन्छ’
बिशेष अनलाइनको तर्फबाट दीपाश्रीलाई जन्मदीनको बिशेष शुभकामना
Discussion about this post