बिशेष अनलाइन । १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर धरानमै छायांकन र निर्माण भएको छोटो चलचित्र ‘द रेडमुन’ ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHI अवार्ड जितेको छ । थियटर साहारा धरानको प्रस्तुती रहेको फिल्मलाई कलाकार नबिन मेनेयाङ्बो सुब्बाले निर्माण गरेका हुन् । फिल्ममा रविन श्रेष्ठको निर्देशन रहेकोछ ।
फिल्म मा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेकोछ । निर्देशक श्रेष्ठका अनुसार समसामयिक बिषयवस्तु , स्थानिय माटो सुहाउदो कथावस्तु र बलियो प्रस्तुती फिल्मका सवल पक्ष हुन् ।
२० मिनेट लामो फिल्ममा १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई निर्देशक श्रेष्ठले गज्जवले प्रस्तुत गरेका छन् । फिल्मलाई चर्चित छायाकार लुजा सिङले खिचेका हुन् । यो अवार्ड हाँसील गर्नुमा छायांकन पक्षको महत्वपुर्ण भुमिक रहेको निर्देशक श्रेष्ठले बताएका छन् ।
फिल्ममा उत्कृष्ट छायांकन भएका कारण पनि फिल्मले फोटोग्राफि अवार्ड हात पार्न सफल भएको हो । अवार्ड प्राप्त गरेपछी निर्माता तथा कलाकार नविन सुब्बाले खुशी ब्यक्त गरेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा अझ केही गर्ने उर्जा मिलेको बताउदै चलचित्रको युनिटलाई बधाई दिएका छन् । फिल्ममा मित्र डि गुरुङको सम्पादन रहेको छ ।
Discussion about this post