बिशेष अनलाइन । अभिनेता पल शाहले हाम्रो टिम नेपालका सदस्यहरुलाई रिहाइ गर्न माग गरेका छन् । सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका १८ जना सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि अभिनेता पलले उनीहरुको रिहाइको माग गरेका हुन् । पिडतको साहारामाथि सरकारले दमन गरेको अभिनेता शाहाले आरोप लागाएका छन् ।
अभिनेता शाहले सामाजिक सञ्जालमा लेखेका छन्–‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ । पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस् ।’
अभिनेता शाह ‘हाम्रो टिम नेपाल’सँगको सहकार्यामा समाजसेवा गर्दै आएका छन् । ‘हाम्रो टिम नेपाल’सँगकै सहकार्यमा अभिनेता शाहले अक्सिजन अभाव भएका नेपालका बिभिन्न स्थानमा पुगेर अक्सिजन वितरण गरेका थिए ।
Discussion about this post