बिशेष अनलाइन । कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएको छ । सन्चो नभएको महशुष भए पछि उनी परिक्षणका लागि अस्पताल गएका थिए । उपाध्यायमा शरीर दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएको थियो ।
कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएको भए पनि आफ्नो अवस्था भने सामान्य रहेको उपाध्यायले बताएका छन् । उनले केही दिनको बिचमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा नै छन् । होम आइसोलेसनमा भएको भए पनि आफु निरन्तर डाक्टरसँग सम्पर्कमा रहेको उपाध्यायले बताएका छन् ।
डा।उपाध्यायले हाल सम्म ८० वटा विश्व गीत रेकर्ड गरेका छन् । गीत रेकर्ड गराएर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । उपाध्याय हाल आफ्नो विश्व रेकर्ड ८० बाट बढाएर एकसय एक पुर्याउने दौडमा रहेका छन् ।
Discussion about this post