बिशेष अनलाइन । मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहयोग जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेको छ ।
सनिवार नवनियुक्त स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर अर्याल, हेलम्बु गाविसका प्रतिनिधिका साथै सिन्धुपाल्चोकका बिभिन्न कलाकारसँग छलफल गरेका थिए। छलफलमा जितु नेपाल,श्वेता खड्का कृष्ण ढुंगाना,चेतन सापकोटा, लगायतका कलाकारहरुको उपस्थिति थियो ।
संयोजक मल्लले बैंकमा कोष खडा गरेर सबै पक्षसँग सहयोगको अपलि गर्ने बताएका छन् । बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण, भत्किएका विद्यालय र पुलको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पान गर्ने सहमति भएको संयोजक मल्लले जानकारी दिएका छन् ।
यसैबिच छलफल लगत्तै अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गरेकी छन् । उनले फेसबुकमार्फत् बाढी पीडित सिन्धुपाल्चोक बासिन्दाका लागि एक लाख उपलब्ध गराउने बताएकी हुन् ।
यस अघि नै अभिनेत्री आँचल शर्मा आफ्ना श्रीमान सहितको टिम लिएर राहतका साथ पुगेकी थिइन् । अभिनेत्री श्वेता खड्का, पूजा शर्मा, दीपाश्री निरौला, स्वस्तिमा खड्का लगायतका टिमले बाढी पीडितलाई राहत हस्तान्तरण गरेको थियो ।
Discussion about this post