इटहरी / कलाकार सरिता लामिछाने र उनको परिवार कोरोना मुक्त भएको छ । सरीताले सामाजिक सञ्जाल फेसवुक मार्फत आफु र आफ्नो परिवार कोरोना संक्रमण मुक्त भएको जानकारी दिएकी हुन् । निकै भावुक देखिएकी सरिताले आफु र आफ्नो पवरिवारले कोरोना जितेको भए पनि देशको हालत हेर्दा उत्साहित हुने अवस्था नभएको बताएकी छन् ।
कोरोनो संक्रमण हुदा अत्यन्तै कस्टकर समय बिताएको बताउदै उनले सबैलाई सतर्कता अपनाउन आग्रह समेत गरेकी छन् । सरिताले शुभचिन्तकको माया र आशिर्वादले नै आफुलाई कोरोना जित्न सहज बनाएको बताएकी छन् । उनले आफु र आफ्नो परिवार संक्रमित हुदा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
सरितालाई बैशाख २२ गते कोरोना पोजिटिभ देखिएको थियो । सरिताको रिपोर्ट पोजेटिभ आएपछी परिवारका अन्य सदस्यहरुको पनि कोरोना जाँच गर्दा उनका श्रीमान निर्देशक ऋषि लामिछाने सहित २ छोरीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ।
Discussion about this post