विशेष अनलाइन । रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा धरानका आदेश प्रधानले दुई टाइटल जितेका छन । शनिबार काठमाण्डौ स्थित सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा आदेशले रियलमी ‘मिष्टर नेपाल २०२४’को फर्स्ट रनर अप र पब्लिक चोइज अवार्ड जितेका हुन् । ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रूपमा उतारेका थिए ।
मिस्टर नेपाल -२०२४ को टाइटल, मिस्टर नेपाल वर्ल्ड भने झापाका सन्तोष लोक्समले जितेका छन । लोक्सम विजेता बनेसँंगै ‘मिस्टर नेपाल वर्ल्ड २०२४’मा चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा सञ्चालन हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गरेर सहभागि जनाउने भएका छन् ।
मिस्टर ग्लोबल भक्तपुरका योगेश श्रेष्ठले हात पारेका छन् ।उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाइल्यान्डमा सम्पन्न हुने ‘मिस्टर ग्लोबल २०२४’ नेपालको प्रतिनिधित्व गरेर जानेछन् ।
म्यान अफ द वर्ल्डकाभ्रेका आयुश दुलाल विजेता भएका छन् । दुलालले ‘म्यान अफ द वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । फर्स्ट रनर अप धरानका आदेश प्रधान , सेकेन्ड रनर अप हेटौटाका आयुश बम्जम भएका छन् ।
फाइनलमा ३८ प्रतियोगी भिडेका थिए । सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनलमा उत्रेका थिए ।
अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दीप पोखरेल रहेका थिए ।
Discussion about this post