विशेष अनलाइन । रियलमी ‘मिष्टर नेपाल २०२४’मा धरानबाट सहभागी आदेश प्रधानको मिस्टर नेपाल बन्नु अघिनै चर्चा चुलिएको छ । प्रधानलाई नाम चलेका चलचित्र निर्देशक,निर्माता तथा कलाकारहरुको राम्रो साथ मिलेको छ । उनीहरुले सामाजिक सञ्जालमा आदेशको फोटो शेयर गर्दै अग्रिम बधाई तथा शुभकामना साथै भोटको अपिल गरिरहेका छन् । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजाकुमार राईले प्रधानको फोटो शेयर गर्दै उनलाई सपोर्ट गर्दै भोट गर्न समेत अपिल गरेका छन् । उनले चलचित्र क्षेत्रमा स्थापित गर्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने बताएका छन् ।
निर्देशक मिलन चाम्सले आदेशको फोटो शेयर गर्दै उनलाई जितको शुभकामना व्यक्त गरेका छन् । निर्देशक चाम्सले आदेश चलचित्र क्षेत्रमा राम्रो संभावना बोकेर भित्रिन सक्ने बिचार व्यक्त गरेका छन् ।
छक्का पञ्जा ५ की निर्देशक तथा कलाकार दीपाश्री निरौला, नायिका मिरुना मगर, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक ऋषि लामिछाने, ओएसआर डिजिटलका प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव घिमिरे निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत अन्य धेरैले प्रधानलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर गरेर भोटको अपिल गरेका छन् ।
कोशी प्रदेशबाट पनि धेरैले उनलाई शुभकामना व्यक्त गरेका छन् । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाखमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मीहरुले प्रधानलाई शुभकामना व्यक्त गरेका छन् ।
आदेश चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव, चलचित्र निर्देशक तथा निर्माता अरुण कुमार प्रधानका जेठा छोरा हुन् । स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतीर्ण गरेर धरान उच्चबाट प्लस २ पास गरेका आदेशले इटहरी इन्टरनेशनल कलेजबाट ब्याचलर इन इन्फर्मेशन टेक्नोलोजी गरेका छन् । आदेशलाई मिस्टर नेपाल बनाउन दिलोज्यानले लागी परेका बुवा निर्देशक अरुण कुमार प्रधान आदेशले मिस्टर नेपालको उपाधी जित्नु अघिनै चर्चामा रहेको बताए । प्रधानले आदेशका लागि केही चलचित्र तथा म्युजिक भिडियोबाट अफर समेत आइसकेको खुलासा गरेका छन् ।
महानायक राजेश हमाललाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव गरेको बताइएको छ । अन्य केही निर्देशकहरुले म्युजिक भिडियो र चलचित्रमा डेव्यु गराउने विषयमा कुराकानी भएको निर्देशक प्रधानले जानकारी दिएका छन् । प्रधानले मिस्टर नेपालको प्रतिस्पर्धा पछि आवश्यक तालिम गराएर अझै पोख्त बनाए पछि मात्र चलचित्र क्षेत्रमा आदेशलाई अघि बढाउने बताए । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्र्पधी सहभागी छन् । हाल उनिहरुको विभिन्न चरणको तालिम भइरहेको छ । तालिमको मुख्य प्रशिक्षकमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन् । यसको ग्रान्ड फिनाले यही अगस्ट २४ (भाद्र ८) गते सोल्टी होटलमा आयोजना हुदैछ ।
Discussion about this post