बिशेष अनलाइन । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा चर्चा परिचर्चा भइरहेको छ । एमसीसी पारित गर्न नहुने भन्दै सडकमा आन्दोलन चर्किरहेको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर बिभिन्न राजनितिक ब्यक्तित्वहरुसँग भेट गरेर एमसीसी पास गर्न दवाव दिदै आएकी छन३ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा ब्यक्त गरेका छन् ।
महानायक हमालले फेसबुकमार्फत् सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको भन्दै यस्तो समयमा एमसीसी लागू गर्न नहुने बताएका छन् ।
फेसबुकमा एक भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरुद्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बिग्रँदो छविका कारण नेपाली जनता एमसीसीको विरुद्धमा भएको र जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन् ।
‘अहिले जल्दोबल्दो विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत अमेरिकाको सहयोग नेपाल भित्रिँदै छ । त्यसलाई लिएर नेपाली नागरिकहरु संवेदनशीलता प्रकट गर्ने मात्रै नभएर आक्रोशको आवाज, विद्रोहको आवाज प्रकट गरेर विद्रोहमा उत्रिनु भएको छ । यसप्रति राज्य संवेदनशील हुनु जरुरी छ । नागरिकको भावनामा ठेस पु¥याएर, चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पनि पर्छ । त्यस्तै नेपाली जनता नै एमसीसीविरुद्ध भएकाले यो विषयमा अमेरिकी निकायसँगै सम्बन्धित अन्य निकायले ध्यान दिनुपर्ने र संवेदनशील बन्नुपछ ।’ सार्वजनिक भिडियोमा महानायक हमालले भनेका छन् ।
उपाध्यक्ष फातिमाले एमसीसी लागु गर्ने बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री पम्फा भुसाल,अर्थमन्त्री जनार्दन शर्मा लगायतका राजनितिक ब्यक्तित्वहरुसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।
Discussion about this post