BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ७, २०७८, ११:१६ बिहान
in FEATURE, गसिप
समिक्षाको स्पष्टिकरणः पल मेरो अभिभावक हो
136
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको प्रेमचर्चाले मनोरञ्जन नगरी तातिएको छ । कतिपय मिडियाहरुले समिक्षा र पल बिचमा बिवाहको लिखित सम्झौता नै भएको उल्लेख गरिरहेका छन् । केही मिडियाहरुले त ठुला र नाम चलेका मिडियाकर्मीहरुले अभिनेता शाहबाट पैसा लिएर खबर गुपचुप बनाएको आरोप लगाएका छन् । एपि वान टेलिभिजनको कार्यक्रम रजतपटमा एक रिपोर्ट प्रसारण भए पछि यो विषयले एका एक चर्चा पाएको छ ।

बिभिन्न सामाजिक सञ्जालमा पल र समिक्षा बिचमा रहेको प्रेम र लिखित सम्झौताको कुरा आए पछि गायिका समिक्षा अधिकारीले उक्त कुराको खण्डन गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै मिडिया आएको सबै कुरा सत्य नभएको बताएकी छन् । उनले अभिनेता पल शाह आफ्नो अभिभावक भएको र अभिभावककै हैसियतले आफुलाई सहयोग गरेको उल्लेख गरेकी छन् ।

“पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन् यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।” गायिका अधिकारीले भनेकी छन् । उनले समाचारमा आफ्नो र अभिनेता पल शाहको सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएको र उक्त कुराले आफ्नो चरित्र हत्या भएको उल्लेख गरेकी छन् ।

समिक्षाले बिना स्रोत अफबाह मा लेखिएका समाचारले सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको बताएकी छन् । समिक्षाले आफु अभिनेता पल शाहको फ्यान भएको बताएकी छन् । “एउटै इण्डसट्रीजमा भएको हिसाबले पल जि ले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।” समिक्षाले भनेकी छन् ।

पल शाह र आफुले साथमा काम गरिरहेको तर कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र दर्शकको माया रहेसम्म सधै राम्रो काम गरिरहने उनले अभिब्यक्ति दिएकी छन् । “म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचारहरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।” समिक्षाले भनेकी छन् ।

हेर्नुह्स गायिका समिक्षा अधिकारीले लेखेको स्ट्याटस उनकै शैलिमा

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यबाद।🙏
Tags: पल शाहसमिक्षा अधिकारी
Previous Post

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने

Next Post

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
Next Post
समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।