BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
in FEATURE, चलचित्र
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । संगीतकार टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मन बिनाको धन २’ का लागि कलाकार छनोट कार्य तीव्र गतिमा अगाडि बढेको छ। केही समयअघि मात्रै मुख्य अभिनेत्रीका रूपमा चर्चित नायिका पूजा शर्मालाई अनुबन्ध गरिएको यस चलचित्रमा अब अभिनेता महेश त्रिपाठीको पनि प्रवेश भएको छ। निर्देशक बुढाथोकी र त्रिपाठीबीच गत मंगलबार औपचारिक रूपमा कागजी सम्झौता भएसँगै निर्माण टोलीले यसबारे जानकारी गराएको हो।

चलचित्रमा महेश र पूजा पहिलोपटक जोडीको रूपमा देखिने भएका छन्। यो उनीहरूको दोस्रो सहकार्य भए तापनि प्रेमी-प्रेमिका वा मुख्य जोडीको रूपमा भने यो नै पहिलो चलचित्र हुनेछ। यसअघि उनीहरूले सविर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘३६ को आँकडा’ मा सँगै काम गरिसकेका छन्। सो चलचित्र प्रदर्शन हुन बाँकी रहेको भए तापनि त्यसमा उनीहरू जोडीको रूपमा थिएनन्। नयाँ चलचित्रमा एकसाथ काम गर्न पाउँदा दुवै कलाकार निकै उत्साहित देखिएका छन्।

आगामी भदौ महिनादेखि छायांकन सुरु गर्ने लक्ष्य राखिएको यस चलचित्रको लेखन कार्य अहिले धमाधम भइरहेको छ। शिवम् अधिकारीले यसको पटकथा तथा संवाद तयार पारिरहनुभएको छ भने चलचित्रका गीतहरूमा निर्देशक टंक बुढाथोकी स्वयंको संगीत रहनेछ। टंक बुढाथोकी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्माता विष्णु माया मैनाली हुनुहुन्छ। निर्माण पक्षले यसै वर्षभित्र चलचित्रलाई प्रदर्शन गर्ने योजना बनाएको छ।

विशेष गरी बाल गायक अशोक दर्जीको पहिलो र चर्चित गीत ‘मन बिनाको धन’ को लोकप्रियतालाई पछ्याउँदै यसको नाम राखिएको हो। करिब ७ वर्षअघि सार्वजनिक भएको सो गीतलाई युट्युबमा ३ करोडभन्दा बढी पटक हेरिसकिएको छ। सोही नामको पहिलो चलचित्रमा अशोक दर्जी मुख्य भूमिकामा देखिएका थिए। यद्यपि, यस सिक्वेलमा अशोकको अभिनय रहने वा नरहने बारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।

Previous Post

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

Next Post

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
Next Post
सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।