BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नाक्छोङ ट्रेलर : पिताको निधन पछि परम्परागत विजुवाका लागि सन्तानले भोग्नु परेको सास्ती

विशेष अनलाइन by विशेष अनलाइन
पुस १, २०८२, ९:३१ मध्यान्ह
in FEATURE, चलचित्र
नाक्छोङ ट्रेलर : पिताको निधन पछि परम्परागत विजुवाका लागि सन्तानले भोग्नु परेको सास्ती
84
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको इटहरीस्थित इलाइट सिनेमाहलमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो भने, उक्त ट्रेलरलाई युट्युबमार्फत मङ्गलबार मात्र दर्शकमाझ ल्याइएको हो। युकेका विभिन्न शहरहरूमा चलचित्रको सफल प्रिमियर सम्पन्न भइसकेपछि ट्रेलर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

ट्रेलरले आफ्ना पिताको निधनपछि परम्परागत बिजुवा अर्थात् नाकछोङ घरमा लगाउने जिम्मेवारी बोक्न खोज्ने एक छोराले परिवार, समाज र समयसँग गर्नुपरेको गहिरो आन्तरिक तथा सामाजिक संघर्षलाई कलात्मक शैलिमा प्रस्तुत गरेको छ। राई समुदायमा नाकछोङ भन्नाले कुलपूजाका प्रमुख, देवगुरु, आत्मिक सञ्चारक तथा परम्पराका संरक्षकलाई जनाइन्छ। नाकछोङ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई चलचित्रले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ।

चलचित्र केवल कथावाचनमा सीमित नरही समाजमा क्रमशः हराउँदै गएको आत्मिक अनुशासन, कुल मान्यता, पितृपूजा र मौलिक संस्कारको पुनः स्मरण गराउने माध्यम बनेको निर्माता ज्योतीराज राईले बताएका छन्। उनका अनुसार आज आफ्नै समुदायले समेत बिर्सन थालेका यस्ता मौलिक पहिचानलाई संरक्षण नगरेसम्म हाम्रो इतिहास ओझेलमा पर्ने खतरा छ।

चलचित्रको लेखन तथा निर्देशन किरण राईले गरेका हुन्। यसअघि ‘लुङा’ र ‘जिउपैचो’ लगायत विभिन्न म्युजिक भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरिसकेका राईले ‘नाकछोङ’ मार्फत सांस्कृतिक सिनेमाको फराकिलो आयाम प्रस्तुत गरेका छन्। चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राईलगायत कलाकारहरूको जीवन्त अभिनयले कथालाई थप प्रभावशाली बनाएको छ।

चलचित्रको दृश्य र ध्वनि पक्षले समेत कथा बोल्ने खालको छ। छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने पार्श्वसंगीत मोनिष निरौलाले तयार पारेका छन्। सागर अर्यालको ध्वनि संयोजनले चलचित्रको भावभूमिलाई अझ गहिरो र सशक्त बनाएको छ। गीत–संगीत पक्षमा राजन मुकारुङ र बिष्णु किरातीको शब्द, दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत तथा नोगेन लिम्बु र परेस राईको स्वरले कथालाई संगीतमार्फत आत्मा दिने प्रयास गरिएको छ।

‘नाकछोङ’ केवल राई समुदायको संस्कृति चित्रण गर्ने चलचित्र मात्र नभई समग्र नेपाली समाजमा जातीय पहिचान, मौलिकता र परम्पराप्रतिको सम्मानबोध जगाउने सशक्त माध्यम बनेको निर्देशक किरण राईले बताएका छन्। चलचित्रमा प्रस्तुत कुलपूजा, विवाह र मृत्यु संस्कार, चाडपर्व, धार्मिक विश्वास र जीवन दर्शनले राई समुदायको आत्मा बोल्छ। हिमालको काखमा जन्मिएको संस्कृति, जरा र मुटुमा गाडिएको परम्परा तथा देवतासँगको आत्मिक सम्बन्धलाई ‘नाकछोङ’मा सिनेम्याटिक शैलीमा पुनर्जीवित गरिएको उनको भनाइ छ।

यद्यपि चलचित्रको सार्वजनिक प्रदर्शन मिति हालसम्म तय भइसकेको छैन, तर ‘नाकछोङ’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। उल्लेखनीय छ, निर्माता ज्योतीराज राईले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’ र ‘वान वे प्रोड्यूसर’ जस्ता चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा सशक्त र संवेदनशील निर्माताका रूपमा आफ्नो पहिचान बनाइसकेका छन्।

Previous Post

बालेनको आवाजमा ‘आम नेपाली बुवा’ सार्वजनिक

Next Post

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

बैशाख १४, २०८३, २:४३ मध्यान्ह
इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
Next Post
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

के ‘रोल नं १’ हुनु नै जीवनको सफलता हो? विनोद पौडेलको नयाँ चलचित्रले दियो समाजलाई चुनौती

by विशेष अनलाइन
बैशाख १४, २०८३, २:४३ मध्यान्ह
0

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।