विशेष अनलाइन । विल्सन विक्रम राई निर्देशित चलचित्र ‘मैझारो’ इलामका विभिन्न स्थानहरुमा छायांकन भइरहेको छ । इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा चलचित्रको छायांकन भइरहेको निर्देशक राईले बताए ।
साउनको पहिलो हप्ताबाट छायांकन सुरु भएको चलचित्रमा धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायत कलाकारहरुको अभिनय रहने छ ।चलचित्रमा पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतासमेत प्रस्तुत हुने निर्माण युनिटले जनाएको छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बन्न लागेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने छ । गीतहरूमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतले स्वर दिएका छन् ।सौरभ लामा छायांकार रहेको चलचित्र आरआर फिल्मले वितरण गर्दै छ ।









Discussion about this post