BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘अन्जिला’ टिमको पूर्वी नेपाल भ्रमण सम्पन्न, दर्शकबाट उत्साहजनक प्रतिक्रिया

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १९, २०८१, ५:३४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘अन्जिला’ टिमको पूर्वी नेपाल भ्रमण सम्पन्न, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
93
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र अन्जिला को प्रचारप्रसार अभियानअन्तर्गत फिल्म युनिटले पूर्वी नेपाल भ्रमण सम्पन्न गरेको छ। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको जीवनीमा आधारित यो चलचित्रलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

चलचित्रको मुख्य पात्र तथा स्वयं एन्जिला तुम्बाप्पो सुब्बासहित निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, कार्यकारी निर्माता बिनोद अग्रवाल, निर्माता ज्योतिराज राई लगायतको टोली पूर्वी नेपाल पुगेको हो। काठमाडौंमा दर्शक भेटघाट कार्यक्रम आयोजना गर्ने योजना भए पनि उपत्यकामा चलेको आन्दोलनका कारण कार्यक्रम प्रभावित भएपछि टोली पूर्व लाग्न बाध्य भयो।

पूर्व भ्रमणअन्तर्गत टोलीले इटहरीको इलाइट सिनेमा तथा धरानको फ्रेन्ड्स सिनेमामा दर्शकसँग अन्तरक्रिया गर्‍यो। धरानमा चलिरहेको गोधुली कप मा समेत उपस्थित भएर टोलीले चलचित्रको प्रवर्द्धन गर्‍यो। त्यस्तै, दमकको डिम्याक्स हल र बिर्तामोडको क्यूएफएक्स सिनेमा तथा पाथीभरा हल का दर्शकसँग भेटघाट गरियो। दमक र बिर्तामोडमा चलचित्र युनिटलाई भव्य स्वागत गरियो, जहाँ परम्परागत बाजागाजा र सांस्कृतिक नृत्य प्रस्तुत गरियो।

चलचित्र हेरेका दर्शकहरू पर्दामा देखिएकी एन्जिलालाई प्रत्यक्ष भेट्दा निकै उत्साहित देखिए। चलचित्रको प्रेरणादायी कथावस्तु, कलाकारहरूको सशक्त अभिनय, र निर्देशकको उत्कृष्ट प्रस्तुतीकरणले दर्शकको मन जितिरहेको छ। विशेष गरी पूर्वी नेपालका दर्शकहरूले चलचित्रलाई अत्यधिक रुचाइरहेको निर्माण पक्षले जनाएको छ।

अन्जिला नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएकी एक प्रतिभाशाली खेलाडीको प्रेरणादायी कथामा आधारित बायोपिक हो। चलचित्रमा स्वयं एन्जिला तुम्बाप्पो सुब्बाले अभिनय गरेकी छन्, जसले दर्शकका लागि थप रोचकता बढाएको छ।

चलचित्रमा दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, तथा निर्माता प्रेम कुमार श्रेष्ठ समेत विभिन्न भूमिकामा देखिएका छन्। निर्देशक मिलन चाम्सले चलचित्रलाई यथार्थपरक रूपमा प्रस्तुत गर्न सफल भएका छन्।

फागुन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म सानदार व्यापार गरिरहेको छ। विशेषगरी पूर्वी नेपालका दर्शकहरूले चलचित्रलाई निकै मन पराएका छन्। चलचित्र युनिटले देशका अन्य भागहरूमा पनि प्रचार अभियान तीव्र बनाउने योजना बनाएको छ।

नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रयोगका रूपमा आएको अन्जिला ले दर्शकको मन जितिरहेको छ। नेपाली खेलकुदको वास्तविक संघर्ष र सफलताको कथालाई सशक्त रूपमा प्रस्तुत गरेको यो चलचित्र आगामी दिनमा अझ व्यापक रूपमा सफल हुने अपेक्षा गरिएको छ।

Previous Post

‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक, वैशाख २६ गतेदेखि प्रदर्शन

Next Post

‘पिताम्बर’ को ट्रेलर सार्वजनिक, एक्सन र सामाजिक सन्देशको मिश्रण

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
‘पिताम्बर’ को ट्रेलर सार्वजनिक, एक्सन र सामाजिक सन्देशको मिश्रण

‘पिताम्बर’ को ट्रेलर सार्वजनिक, एक्सन र सामाजिक सन्देशको मिश्रण

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।