विशेष अनलाइन । नेपाली चलचित्र ‘पिताम्बर’ को काठमाडौंमा एक विशेष समारोह बीच ट्रेलर सार्वजनिक गरिएको छ। एक्सन, ड्रामा र सामाजिक सन्देश समेटिएको यो ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएको छ।
ट्रेलरको सुरुवात महिलामाथि हुने हिंसाको गम्भीर दृश्यबाट हुन्छ, जसले कथावस्तु गहिरो र प्रभावशाली हुने संकेत गर्छ। चलचित्रमा प्रदीप खड्का मुख्य भूमिकामा छन् भने दयाहाङ राई र सौगात मल्ल प्रहरी अधिकारीका रूपमा प्रस्तुत भएका छन्। अनुपविक्रम शाही, दिव्य देव, र प्रमोद अग्रहरी खलनायकको भूमिकामा देखिन्छन्। अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट र सुरक्षा पन्तको छोटो झलक मात्र देखाइएको छ, जसले उनीहरूको भूमिकाप्रति कौतूहलता बढाएको छ।
चलचित्र केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको हो। विशाल चौलागाईं निर्माता हुन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता रहेका छन्। प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेको कथा र संवादले चलचित्रलाई थप आकर्षक बनाएको छ।
नेपालभर आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्र दर्शकमाझ निकै प्रत्याशित छ। ट्रेलरले दिएको संकेतअनुसार ‘पिताम्बर’ ले दमदार एक्सन र गहिरो सामाजिक सन्देश पस्कनेछ।
Discussion about this post