विशेष अनलाइन । लोकेश बज्राचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘विमान २०३०’को असोज १० गतेदेखि छायाङकन हुने तयारिमा रहेको छ । चलचित्रको छायाङ्कन काठमाडौं र विराटनगरमा हुने निर्माण टिमले जानाएको छ ।
पञ्चायतविरुद्धको लडाइँमा बीपी कोइरालाको नेतृत्वमा भएको विमान अपहरणको घटनाबारे चलचित्र निर्माण हुने खबर यसअघि नै सार्वजनिक भइसकेको छ । यस चलचित्रमा खगेन्द्र लामिछाने, सुशील सिटौला र अरुण क्षेत्रीको शीर्ष भूमिका रहने स्रोतले जनाएको छ ।
दयाहाङ राई र ऋचा शर्माको पनि महत्वपूर्ण भूमिका हुने जनाइएको छ । चलचित्रको निर्माण खगेन्द्रको कम्पनी टुकी आर्ट्सले गर्दैछ ।डेढ करोड रुपैयाँ लगानीमा निर्माण हुने यो चलचित्र नेपालको पहिलो विमान अपहरणबारेको घटनामा बन्न लागेको हो । गत असार ३१ गते बोर्डमा चलचित्र दर्ता भइसकेको छ ।









Discussion about this post