BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘लुङ्गा’लाई धरानमा मिश्रित प्रतिकृया

विशेष अनलाइन by विशेष अनलाइन
साउन ५, २०८०, ९:३४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘लुङ्गा’लाई धरानमा मिश्रित प्रतिकृया
58
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । निर्माता ज्योतिराज राईको ब्यानरमा निर्माण भएको चलचित्र ‘लुङ्गा’ शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आयो । चलचित्रले औषत व्यापार गरेको छ । चलचित्रलाई धरानमा मिश्रित प्रतिकृया मिलेको छ । धरानमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले चलचित्रको प्रसंशा गरे । केही दर्शकले भने चलचित्रले उठान गरेको विषयवस्तु र नाम मेल नखाएको उल्लेख गरे । चलचित्रको नाम ‘लुङ्गा’ भएको भए पनि चलचित्रले नाम अनुसारको कथा प्रस्तुत नगरेको दर्शकको प्रतिकृया थियो ।

लिम्बू कल्चरमा बनेको चलचित्र भनिए पनि लिम्बु समुदायको युवा युवतिविचको प्रेम र प्रेमका कारण भोग्नुपरेको पिडा तथा खुशीलाई चलचित्रले प्रस्तुत गर्न खोजेको देखिन्छ । धरानको चलचित्र प्रदर्शनमा संयोजन गरेका याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले चलचित्र उत्कृष्ट बनेको उल्लेख गरे ।

पत्रकार महासंघ केन्द्रिय सदस्य तथा नेपाली चलचित्र पुरानो बुलेटका निर्देशक भिषण राईले चलचित्रको पहिलो भागको तुलनामा दोश्रो भाग उत्कृष्ट रहेको उल्लेख गरे । राइले छायांकनमा भने केही कमजोरी देखिएको बताए । यता चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्यसमिति सदस्य रितेशजंग खत्रीले चलचित्रको खुलेर प्रसंशा गरे । उनले नेपालमा बनेका उत्कृष्ट चलचित्रहरु मध्यको एक ‘लुङ्गा’ पनि रहेको उल्लेख गरे ।

चलचित्र हेरेपछि सटिक प्रतिकृया दिदै पुर्वाञ्चल इन्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका प्रमुख रोनिश राउतले चलचित्रको कथावस्तु अनुसार चलचित्र बन्न नसकेको उल्लेख गरे । ”यही कथावस्तुमा यो भन्दा निकै उत्कृष्ट चलचित्र निर्माण गर्न सकिन्थ्यो ।” पहिलो हापमा चलचित्रले गमाएको लयलाई दोश्रो हापबाट भने लय फर्काउन सफल भएको राउतको भनाई थियो ।

पुर्वी नेपालको पहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायका युवा युवतीहरुको प्रेम कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र निर्माण गरिएको छ । किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङसह निर्माता रहेका छन्। चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। भलचित्रमा किरण राईको छायांकन तथा सम्पादन रहेको छ ।

 

Previous Post

रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन नपाउने संगीतकार संघको निर्णय

Next Post

नयाँ चलचित्रको तयारीमा दीपक दीपा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

असार ५, २०८२, ३:२७ मध्यान्ह
‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

असार ४, २०८२, २:४४ मध्यान्ह
‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

असार ३, २०८२, ९:४९ मध्यान्ह
‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

असार ३, २०८२, ९:३२ मध्यान्ह
स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

असार ३, २०८२, ९:०१ मध्यान्ह
“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

जेष्ठ २९, २०८२, ११:४५ बिहान
Next Post
नयाँ चलचित्रको तयारीमा दीपक दीपा

नयाँ चलचित्रको तयारीमा दीपक दीपा

Discussion about this post

ताजा अपडेट

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

by विशेष अनलाइन
असार ५, २०८२, ३:२७ मध्यान्ह
0

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

by विशेष अनलाइन
असार ४, २०८२, २:४४ मध्यान्ह
0

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

by विशेष अनलाइन
असार ३, २०८२, ९:४९ मध्यान्ह
0

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

by विशेष अनलाइन
असार ३, २०८२, ९:३२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    559 shares
    Share 375 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।