बिशेष अनलाइन । कार्तिक ११ गतेबाट अल नेपाल प्रदर्शनको तयारी रहेको चलचित्र ‘महापुरुष’को प्रोमोशनल टुरको मिती तय भएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘महापुरुष’को प्रचारप्रसार यती बेला तिव्र गतीमा भैरहेको छ । षट्कोण आर्ट्सले जात्रा ,जात्रै जात्रै, शत्रुगते जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ । काठमाडौँ केन्द्रित प्रचार प्रसार गरिरहेको निर्माण टिम अब भने प्रचार प्रसारकै लागि देश दौडाहामा निस्कने तयारीमा छ ।
यही असोज २५ गतेदेखी ३० गते सम्म देश दौडाहमा निस्कने तयारी रहेको निर्माण युनिटले जानकारी दिएको छ । टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानिया , प्रदिप भट्टराई लगायत चलचित्रका करिब १५ कलाकारहरु रहने बुझिएको छ । प्रोमोशन टिम देशका मुख्य ९ शहरहरु बिर्तामोड , दमक , इटहरी , बिराटनगर ,हेटौंडा , नारायणगढ, पोखरा ,बुटवल हुदै काठमाण्डौ फर्किएर प्रेस भेट्घाट सहित स्टेज शो गर्दै प्रचार प्रसार सम्पन्न गर्ने छ ।
कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्ने बताइएको छ ।चलचित्र ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य सँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेकोछ ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रको म्याक्स दिपेश खत्री निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। चलचित्र कात्तिक ११ गते भाइटिकाको भोलिपल्टबाट प्रदर्शनमा आउदै छ ।










Discussion about this post