BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ

विशेष अनलाइन by विशेष अनलाइन
साउन २३, २०७८, ७:२४ मध्यान्ह
in FEATURE, चलचित्र
बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ
143
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । धेरै नेपालीहरुले भारत भन्ने बित्तिकै नकारात्मक नजरले हेर्ने गर्छन् । नेपाललाई बिभिन्न समयमा भारतले हेपायती व्यवाहार गर्ने गरेका कारण पनि धेरै नेपालीहरुको नजरमा भारत नकारात्मक बनेको छ । तर, यता कला र मनोरञ्जनका नजरले हेर्ने हो भने नेपाल र भारत बिच निकै गहिरो सम्बन्ध रहेको देखिन्छ । धेरै नेपाली कलाकारहरुले भारतमा गएर आफ्नो कला प्रस्तुत गरेर बिश्वसामु आफुलाई प्रमाणित गर्न सफल भएका छन् । बिशेषगरि बिभिन्न रियालिटी शो हरुमा नेपलका भारतमा र भारतका नेपालमा आएर सहभागिता जनाउने क्रम बाक्लो देखिन्छ । यस्तै चलचित्र कै कुरा गर्दापनि धेरै नेपालीहरु भारतमा गएर भारतिय चलचित्रमा अभिनय गरेका छन् भने धेरै भारतिय कलाकारहरुले पनि नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

निर्देशक तथा कलाकार तुलसी घिमिरे, द्धन्द निर्देशक तथा कलाकार गोपाल भुटानी, निर्देशक शम्भु प्रधान, अभिनेत्री तृप्ती नाडकर,अभिनेत्री निरुता सिंह, अभिनेता उत्तम प्रधान लगायतका केही कलाकारहरु भारतबाट नेपाल आएर नेपाली चलचित्र नगरीमा एक समय राज गर्न सफल भएका नाम हुन् । नेपाली चलचित्र नगरीलाई व्यवसायिक रुपमा बिकास गर्न उनीहरुले महत्वपुर्ण योगदान गरेका छन् । यस्तै उदित नारयाण झा,मनिसा कोइराला लगायतका केही नेपाली कलाकार जस्ले भारतमा गएर आफुलाई स्थापित गर्न सफल भएका छन् ।

यसरी हेर्दा कला क्षेत्रमा नेपाल र भारत बिच गहिरो सम्बन्ध देखिएको छ । यसै गरि व्यवहारिक हिसाबमा पनि नेपालीसँग सम्बन्ध जोडीएका धेरै भरतिय कलाकारहरु रहेका छन् । उनीहरु नेपाल र नेपालीहरु प्रति छुट्टै सम्मानभाव प्रकट गर्ने गर्छन् । नेपालका तथा बलिउडका ठुला ठुला कार्यक्रमहरुमा उनीहरु नेपाल र नेपालीहरु प्रति छुट्टै सम्मानका साथ प्रस्तुत हुने गर्छन् । आज हामी त्यस्ता भारतिय कलाकारहरुको चर्चा गर्दै छौँ जस्ले नेपाल र नेपालीहरुसँग सम्बन्ध राखेका छन् ।

माला सिन्हा
बलिउडमा कुनै समयकी चर्चित अभिनेत्रीका रुपमा स्थापित हुन सफल नाम हो माला सिन्हा । उनी नेपाली हुन् भन्दा धेरैलाई बिस्वास नलाग्न सक्छ । तर, यो सत्य हो । माला सिन्हाका बुबा नेपाली क्रिश्चियन हुन् भने उनकी आमा भारतिय हुन् । बलिउड चलचित्रमा आफुलाई स्थापित गर्न सफल भएकी अभिनेत्री सिन्हाले नेपाली चलचित्र माइती घरमा काम गरेकी छन् । माइती घर नेपालको निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो नेपाली चलचित्र हो । बलिउडका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुदा पनि उनलाई नेपालकी छोरी उपमा दिएर बोलाउने गरिएको छ ।

mala sinha

अभिनेत्री सिन्हाले सन् १९५० देखि सन् १९७० सम्म भारतीय चलचित्र उद्योगमा शीर्ष अभिनेत्रीको रूपमा आफ्नो स्थान कायम राखेकी थिइन्। बलिउड चलचित्रमा उनी कुनै समय यति ब्यस्त थिइन् कि उनले एक वर्षमा ७ वटा सम्म चलचित्रमा अभिनय गरिन् । अभिनेत्री सिन्हाले अभिनय गरेका ३ दर्जन भन्दा धेरै चलचित्रले सफल ब्यापार गरेका छन् । अभिनेत्री सिन्हाले करिव २ दर्जन भन्दा धेरै बंगाली चलचित्रहरुमा समेत अभिनय गरेकी छन् ।

अभिनेत्री सिन्हाले बिवाह पनि नेपालीसँग नै गरेकी हुन् । उनको बिवाह नेपाली उद्योगी सिपी लोहनी सँग भएको थियो । सिपी लोहनी नेपाली कलाकार समेत हुन् । लोहनी नेपाली चलचित्र माइती घरमा मला सिन्हाकै जोडीका रुपमा प्रस्तुत भएका थिए ।

श्रृति झा
भारतिय कलाकार श्रृति झा को पनि नेपाल र नेपालीसँग गहिरो सम्बन्ध रहेको छ । भारतिय सिरियललाई फलो गर्नेहरुले उनलाई नचिन्ने कुरै भएन । अभिनय शैली एउटै भएका कारणले पनि कतिपय नेपालीहरुले श्रृति झालाई नेपाली कलाकार सरीता लामिछानेसँग दाज्ने गरेका छन् । उनको अभिनय कौसलताका कारण पनि उनको नेपालमा निकै राम्रो फ्यान फलोइङ रहेको छ । बिशेष घरगृहेणीहरुको रोजाईमा पर्ने गर्छिन् श्रृति झा । उनी निकै राम्रो नेपाली भाषा बोल्ने गर्छिन्, जस्ले गर्दा धेरैले उनलाई नेपाली नै हो भन्ने गरेका छन् । श्रृति झा नेपाली भने हैनन् ।

shreeti jha

भारतिय चर्चित टेलिसिरियल कुमकुम भाग्यबाट लाखौ नेपाली फ्यान कमाएकी श्रृति लामो समय नेपालमै बसेकी थिइन् । बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । उनी आफनो परिवार सहित काठमाण्डौ बसेकी थिइन् । करिब २ दर्जन भन्दा धेरै भारतिय टेलिसिरियलहरुमा अभिनय गरेकी झा लाई कुमकुम भाग्यमा भने निकै रुचाइएको छ । उनले सन् २००६ मा एक धारावाहिक धूम मचाओ धूमबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्, जसमा उनी मालिनी शर्माको भूमिकामा प्रस्तुत भएकी छन् ।

जिया जले,ज्योति ९धारावाहिक०,शौर्य और सुहानी,रक्त सम्बन्ध,दिल से दी दुआ,सौभाग्यवती भव,बालिका वधू,कुमकुम भाग्य श्रृति झाले अभिनय गरेका चर्चित टेलिसिरियलहरु हुन् । उनले बिभिन्न सिरियलहरुबाट नै बिभिन्न शिर्षकमा अवार्ड समेत जित्न सफल भएकी छन् ।

गोबिन्दा आहुजा
बलिउड चलचित्र नगरीमा आफुलाई ब्यस्त अभिनेताका रुपमा स्थापित गर्न सफल भएको अर्को नाम हो गोबिन्दा अहुजा । उनको अभिनयको तारिफ भारतिय चलचित्र नगरीमामा मात्रै नभइ नेपाली चलचित्र नगरीमा समेत उनलाई आइडल मान्ने कलाकारहरु धेरै छन् । उनी नेपालका तथा बलिउडका बिभिन्न ठुला कायक्रमहरुमा सहभागिता जनाउदा कोही नेपालीसँग भेट भएको खण्डमा आफुलाई नेपालको ज्वाई बताउने गर्छन् भने नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

govinda ahuja

सन १९८६ मा निर्माण भएको चलचित्र इल्जामबाट बलिउडमा डेब्यु गरेका गोबिन्दा अहुजा एक समय बलिउडका एक्शन स्टारका रुपमा स्थापित भएका थिए । उनी नृत्य कौशलको लागी समेत प्रसिद्ध थिए। बिस्तारै पछि भने उनले प्याटन परिवर्तन गर्दै गए र आफुलाई कमेडी अभिनेताका रुपमा स्थापित गरेका थिए ।

गोविन्दा भारतीय राष्ट्रीय कांग्रेसबाट २००४ को १४ औँ लोकसभा चुनावमा भारतको मुंबई उत्तर निर्वाचन क्षेत्रका लागि संसद चुनिएका थिए । गोबिन्दाले सन् १९८७ मा नेपाली मुलकी सुनीता आहूजासँग बिवाह गरेका थिए । गोबिन्दाले सुनीतासँग गोप्यरुपमा बिवाह गरेका थिए । उनले बिवाह गरेको कुरा करिव ४ वर्षपछिमात्र सार्वजनिक भएको थियो । उनीहरुको एक छोरा र एक छोरी रहेका छन् । गोबिन्दाले एक वर्षमा १४ वटा सम्म चलचित्रमा अभिनय गरेका छन् । उनले अभिनय गरेका एक सय भन्दा धेरै चलचित्रले सफल ब्यापार गरेका छन् ।

डेनी डेन्जोङ्पा
नेपाल र नेपाली चलचित्र नगरीसँग गहिरो सम्बन्ध रहेको अर्को नाम हो डेनी डेन्जोङ्पा । उनले बिभिन्न नेपाली चलचित्रमा अभिनय त गरेका छन् नै त्यससँगै धेरै नेपाली गित संगीतमा समेत उनले आवाज दिएका छन् । डेनी डेन्जोङ्पाले बलिउडमा लामो समय देखी राज गरिरहेका छन् । बलिउड चलचित्रका चर्चित खलपात्रहरुलाई केलाउने हो भने उनको नाम पनि सुरुवातमा नै आउने गर्छ । भारतको सिक्किममा जन्मीएका डेनी नेपालमा हुर्किएका थिए । दर्जन भन्दा धरै नेपाली गितमा स्वर दिएका डेनी डेन्जोङ्पाले आफ्नो चलचित्र करियरको सुरुवात नेपालबाटै गरेका थिए । नेपाली चलचित्र हुँदै उनी बलिउडमा प्रवेश गरेका थिए ।

Denny Denjongpa

बलिउडमा स्थापित भएका डेनीले नेपाली कथानक चलचित्र साइनोमा अभिनय गरेका छन् । चलचित्र साइनोमा डेनीसँगै भुवन केसी तृप्ती नाडकर,मुरलीधर,मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको निर्देशक उगेन चोपेलले गरेका थिए । डेनीले साइनो सँगै तृष्णम, मसाल लगायतका चलचित्रहरुमा पनि अभिनय गरेका छन् । उनी जातिय रूपमा एक भूटिया हुन् र मातृभाषाको रूपमा भूटिया भाषा बोल्छन्।

उनी भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मानित समेत भइसकेका छन् । सन १९६३ सालबाट बलिउडमा प्रवेश गरेका डेनी हालसम्म पनि बलिउडमा सकृय रहदै आएका छन् । उनले अभिनय गरेका १ सय भन्दा धेरै चलचित्रहरुले सफल व्यापार गरेका छन् । डेनीले गाएका धेरै नेपाली गित संगीतलाई नेपाली दर्शकले रुचाएका छन् । रातो रानी फुले झैँ साँझमा,हिउ भन्दा चिसो,सुन कथा एउटा गित,झिम्काइदेउ परेली,समय पन्छी हो,सम्पत्तीको नाउमा,मन छाडे मइच्याङलाई,कसरी भन्ने हो जस्ता चर्चित गितहरुमा डेनीले नै स्वर दिएका छन् ।

भारती सिंह
कमेडी क्षेत्रमा चासो राख्ने हरुका लागि भारती सिंह नौलो नाम हैन । भारतिय कमेडीमा आफुलाई स्थापित गर्न सफल केमेडियन भारती सिंह नेपालीकै छोरी हुन् भन्दा धेरैलाई बिस्वास नलाग्न पनि सक्छ । तर, यो सत्य हो भारती नेपालीकै छोरी हुन् । उनले धेरै भारतिय कमेडी शो हरुमा नेपालसँग आफनो गहिरो सम्बन्ध रहेको बताउने गर्छिन् ।

कहिले काही उनी थोर बहुत नेपाली भाषा समेत बोल्ने गर्छिन् । सन १९८२ मा भारतको पञ्जावमा जन्मिएकी भारतीका पिता नेपाली हुन् भने उनकी आमा भारतिय पञ्जाबी हुन् ।

bharati Shingh

भारती भारतका २ दर्जन भन्दा धेरै कमेडी शो हरुमा प्रस्तुत भइसकेकी छन् । उनको शो लाई नेपाली दर्शकले पनि अत्याधिक रुचाएका छन् । भारतीले केही हिन्दी, कन्नडा तथा पञ्जाबी चलचित्रहरुमा समेत अभिनय गरेकी छन् । खेलाडी नम्वर ७८६,सनम रे भारतीले अभिनय गरेका चर्चित हिन्दी चलचित्र हुन् ।

भारतीले बिभिन्न सिजनका कमेडी सर्कस,अदालत,झलख दिख लाजा,बिग बोस,नाच बिलिए, द कपिल शर्मा शो जस्ता भारतका चर्चित कमेडी शो हरुमा आफ्नो कमेडी प्रस्तुती दिइसकेकी छन् । भारती भारतको चर्चित शो हरु इन्डिन्स गट ट्यालेन्ट,कमेडी नाइट बच्चो,इन्डियन बेस्ट डान्सर,भारतीका शो आनाही पडेगा,हम तुम और क्वारेन्टाइन लगायतमा होस्टको रुपमा प्रस्तुत भएकी छन् ।

अहमद खान
अहमद खान भारतका निकै चर्चित कोरियोग्राफर हुन् । उनी कोरियोग्राफर मात्र नभएर निर्माता, निर्देशक तथा लेखक समेत हुन् । बिशेष उनको नृत्यलाई भारतमा निकै रुचाइएको छ । सोही कारणले पनि उनलाई धेरैले कोरियोग्राफरका रुपमा नै चिन्ने गरेका छन् । उनको नृत्यलाई पछ्याउने भारतमा मात्र नभएर नेपालमा पनि प्रसस्तै भेटिने गर्छन् । उनै चर्चित कोरियोग्राफर खानको पनि नेपालसंग नजिकको साईनो रहेको छ ।

उनी भारतिय भएपनि उनको मावली भने नेपाल नै हो । उनका बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया मार्फत आफनो आमा नेपाली भएको बताईसकेका छन् । डान्स इण्डियामा मात्र नभइ कुनैपनि नेपालीसँग भेट भएको कार्यक्रममा उनले नेपालसँगको सम्बन्ध अत्यन्तै नजिकको भएको बताउने गरेका छन् ।

उनले चर्चित हिन्दी चलचित्र मिस्टर इन्डियामा बाल कलाकारका रुपमा अभिनय गरेका छन् । यस्तै लकर,फुल एण्ड फाइनल,एक पेहेली लिला,बाघी २, बाघी ३ लगायतका सफल चलचित्र निर्देशन गरेका छन् । यस्तै भारतमा भएका बिभिन्न नृत्य सम्बन्धी रियालिटी शो हरुमा निर्णायकको भुमिकामा समेत उनी प्रस्तुत भइसकेका छन् ।

Tags: अहमद खानगोबिन्दा आहुजाडेनी डेन्जोङ्पाभारती सिंहमाला सिन्हाश्रृति झा
Previous Post

चर्चित गीत ‘टुङ्नाको धुनमा’पन्जावी भर्सनमा पनि

Next Post

किरण गजमेर : ब्लाइण्ड अडिशन देखि उपाधी सम्म

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
kiran gajmer

किरण गजमेर : ब्लाइण्ड अडिशन देखि उपाधी सम्म

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।